घाेराही महाेत्सवमा प्रकाश सपुतसँगै झुमे दर्शक

घाेराही, २१ चैत
घाेराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महाेत्सवमा गायक प्रकाश सपुतसँगै दर्शकहरू झुमेका छन् । महाेत्सवमा शनिवार लाेकदाेहाेरी क्षेत्रका चर्चीत गायक प्रकाश सपुतकाे प्रस्तुतिसँगै दर्शमहश, झुमेका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङद्वारा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा गायक सपुतले आफ्ना चर्चीत गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे ।

उनले आफ्ना चर्चीत गीतहरू आयाे तेराे सर बाटाे खाली गर, गलबन्दी च्यातियाे तिमीले तानेर, यस्तै छ जीवन परदेशीकाे, बाेल माया एक वचन बाेल, तिम्राे मायाले मलाई पिर दियाे, फुटेका चुराले, मेराे पनि हाेईन र याे देश, कुरा बुझ्नुपर्छ लगायतका गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । केहशि भावुक केही नाच्ने गीतहरू प्रस्तुत गर्नुभएका सपुतले सामाजिक विकृति विरूद्ध र देशमा केही राम्राे हाेस् भन्ने अपेक्षा सहितका भनाई सहित गीतमार्फत प्रस्तुति राख्नुभएकाे थियाे ।

लागुऔषध दुर्व्यसन विरूद्धकाे सचेतना

महाेत्सवमा लागुऔषधविरू्द्धको सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । महाेत्सवका विशेष कार्यक्रम अन्तरगत शनिवार लागुऔषध र साईवर अपराध विरूद्धकाे सचेतना कार्यक्रम भएकाे हाे । जिल्ला प्रहरी कार्यालय दाङसँगकाे समन्वयमा भएकाे सचेतना कार्यक्रममा सामुदायिक शाखा ईञ्चार्ज प्रहरी नायव निरीक्षक तुलबहादुर बि.कले लागुऔषध दुर्व्यसन विरूद्धकाे सचेतनामूलक प्रस्तुति राख्नुभएकाे थियाे । उहाँले पछिल्लाे समयमा बालबालिकादृखी वृद्धसम्मका व्यक्तीहरू दुर्व्यसनमा परेकाे बताउनुभयाे । जसमा युवाहरूकाे संख्या धेरै रहेकाे पनि उहाँले बताउनुभयाे । बि.कले लागुऔषधमा सुर्ति, चुराेट र मदिराजन्य पदार्थ प्रमुख समस्या रहेकाले यसबाट बच्न सबैमा अनुराेध गर्नुभयाे । बालबालिका युवाहरूलाई दुर्व्यसनबाट जाेगाउन अभिभावककाे महत्वपूर्ण भूमीका रहनुपर्ने उहाँकाे भनाई थियाे । लागुऔषधका कारण परिवारमा झगडा पर्ने, आत्महत्या, हत्या लगायतका अपराधिक क्रियाकलापहरू बढिरहेकाे प्रहरीकाे तथ्यांक रहेकाे उहाँले जानकारी गराउनुभयाे । साथै युवाहरूमा साईबर अपराध पनि समस्यामा रहेकाे उहाँले बताउनुभयाे ।

स्वास्थ्य शिविरमा सय बढिले लिए सेवा

महाेत्सवमा स्वास्थ्य शिविर सञ्चालनमा रहेकाे छ । सञ्जीवनी टिचिङ हस्पिटल घाेराही-३ सँगकाे समन्वयमा महाेत्सवमा शनिवार स्वास्थ्य शिविर भएकाे छ । शिविरमा दर्शकहरू उत्साहका साथ जाँच गराउनुभएकाे थियाे । एम.बि.बि.एस् डाक्टरकाे उपस्थितिमा स्वास्थ्य जाँच गरिएकाे थियाे । जसमा १ सय १७ जनाले स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएकाे नेपाल घरेलु तथा साना उद्याेग महासंघ दाङका अध्यक्ष लव अधिकारीले जानकारी दिनुभयाे ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...