Day: March 30, 2026

लुम्बिनी प्रदेश स्तरिय महोत्सव  स्थानीय उत्पादनलाई प्राथमीकता

लुम्बिनी प्रदेश स्तरिय महोत्सव स्थानीय उत्पादनलाई प्राथमीकता

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
घोराही, १६ चैत घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा स्थानीय उद्योगहरुलाई प्राथमीकता दिईएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले महोत्सवमा स्थानीय साना तथा घरेलु उद्योगबाट उत्पादन भएका वस्तुहरुका लागि निशुल्क स्टल प्रदान गरेसँगै उद्योगीहरुले उत्पादीत वस्तुहरुको स्टलमा राखेका छन् । जसमा दर्शकहरुको पनि बाक्लो मात्रामा भिड लाग्ने गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा स्थानीय साना तथा घरेलु उद्योगहरुबाट उत्पादन भएका वस्तुहरुको स्टलहरुमा दैनिक उत्सुकताका साथ किनमेल गरिरहेका हुन्छन् । स्टलमा ...
महेश बस्नेतविरुद्ध पक्राउ अनुमति माग अस्वीकृत, मिसिल फिर्ता

महेश बस्नेतविरुद्ध पक्राउ अनुमति माग अस्वीकृत, मिसिल फिर्ता

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — महेश बस्नेत विरुद्ध पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालत काठमाडौं ले फिर्ता गरेको छ। धादिङकी शोभा पाठक ले तामेलीमा रहेको मुद्दा पुनः उठाउँदै जिल्ला प्रहरी परिसर भद्रकाली मा निवेदन दिएकी थिइन्। सोही आधारमा प्रहरीले अदालतमा अनुमति माग्दै मिसिल पेश गरेको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालय का अनुसार न्यायाधीश ध्रुव कार्की को इजलासले पक्राउ अनुमति दिन अस्वीकार गर्दै मिसिल फिर्ता पठाएको हो।...
गौरव नेतृत्वको नेकपा (माओवादी) स्थायी कमिटी बैठकद्वारा २२ बुँदे निर्णय सार्वजनिक

गौरव नेतृत्वको नेकपा (माओवादी) स्थायी कमिटी बैठकद्वारा २२ बुँदे निर्णय सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — गौरव नेतृत्वमा बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) स्थायी कमिटीको सातौं बैठकले २२ बुँदे निर्णय सार्वजनिक गरेको छ। बैठकले दलाल संसदीय व्यवस्था अन्त्यका लागि संघर्ष गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्न पहल गर्ने तथा सर्वहारा वर्गको मुक्ति बिना समाज रूपान्तरण सम्भव नभएको स्पष्ट पारेको छ। पार्टीले आगामी तीन महिना ‘जल, जमिन र जंगल’ विषयमा केन्द्रित अभियान सञ्चालन गर्ने, तीनवटा कमाण्डमार्फत एकैसाथ जनअभियान अघि बढाउने तथा राष्ट्रिय जनमुक्ति सेनालाई सक्रिय बनाउने निर्णय गरेको छ। त्यसैगरी, केपी शर्मा ओली नेतृत्वको सरकारलाई बुझाइएका ४१ बुँदे माग कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने, SPP/MCC जस्ता विषयमा संघर्ष गर्ने र राष्ट्रियताका मुद्दामा आन्दोलन चर्काउने निर्णय पनि गरिएको छ। बैठकले बालेन शाह नेतृत्वको सरकार तानाशाहीतर्फ उन्मुख भए प्रतिकार ...
इनिशा हत्या प्रकरणमा प्रहरी र सरकारी वकिल बीच फरक – फरक निष्कर्ष

इनिशा हत्या प्रकरणमा प्रहरी र सरकारी वकिल बीच फरक – फरक निष्कर्ष

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत — सुर्खेतकी किशोरी इनिशा बिकको हत्या प्रकरणमा अनुसन्धान निकाय र अभियोजन पक्षबीच फरक–फरक निष्कर्ष सार्वजनिक भएको छ। प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिशामाथि एक जनाबाट बलात्कार भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको निष्कर्ष निकालेको जनाएको छ। उक्त घटनामा संलग्न एक नाबालकविरुद्ध बलात्कार तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको प्रहरीको भनाइ छ।तर, जिल्ला सरकारी वकिल कार्यालयले भने घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै चार जना नाबालकविरुद्ध अभियोग दर्ता गरेको छ। तिनै चार जना आरोपीहरूको एकआपसमा सम्पर्क र कलडिटेलका आधारमा सरकारी वकिलको कार्यालयले चारै जनालाई जन्मकैदको माग सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सरकारी वकिलको कार्यालयले भने घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता देखिएको र सोही आधारमा सामूहिक अपराधको मुद्दा अघि बढाइएको जनाएको छ। सरकार...
सूचना किन हटायो शिक्षा मन्त्रालयले ? निर्णयमै देखियो विरोधाभास

सूचना किन हटायो शिक्षा मन्त्रालयले ? निर्णयमै देखियो विरोधाभास

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयसम्बन्धी सूचना सार्वजनिक गरेको २४ घण्टा नपुग्दै वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले सबै तहका प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने सूचना जारी गरेको थियो। तर शिक्षामन्त्री सस्मित पोखरेल ले भने कक्षा १२ सम्मका इन्ट्रान्स र ब्रिज कोर्समा मात्र रोक लगाउने उल्लेख गरेको सूचना सार्वजनिक गरेका थिए । मन्त्रालय र मन्त्रीले सार्वजनिक गरेको सूचना फरक परेपछि सूचना हटाएको अनुमान गरिएको छ । यसबारे शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन् । मन्त्री र मन्त्रालयको सूचना नमिल्दा निर्णयमै अन्योल देखिएको भन्दै आलोचना सुरु भएको थियो। त्यसकै बीच मन्त्रालयले आफ्नो आधिकारिक सूचना हटाएको हो। निर्णयप्रति समर्थन र आलोचना दुवै बढिरहेका बेला मन्त्रालयले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन।...
विद्यार्थी अधिकार खोसिएको भन्दै सरकारविरुद्ध आरोप

विद्यार्थी अधिकार खोसिएको भन्दै सरकारविरुद्ध आरोप

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयोजक मुक्ति गैरेले सरकारले विद्यार्थीका मौलिक अधिकार कुण्ठित गरेको आरोप लगाएका छन्। उनले सरकारको सय कार्यसूचीअन्तर्गत विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति आपत्ति जनाउँदै यसले सुशासन होइन, तानाशाही प्रवृत्ति बढाएको बताएका छन्। गैरेले विज्ञप्तिमार्फत उक्त कदम तत्काल फिर्ता लिन माग गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको उल्लंघन भएको दाबी गरेका छन्। साथै, उनले सरकारको निर्णयविरुद्ध संघर्षमा उत्रन विद्यार्थीहरूलाई अपिल गरेका छन्।...