इनिशा हत्या प्रकरणमा प्रहरी र सरकारी वकिल बीच फरक – फरक निष्कर्ष

सुर्खेत — सुर्खेतकी किशोरी इनिशा बिकको हत्या प्रकरणमा अनुसन्धान निकाय र अभियोजन पक्षबीच फरक–फरक निष्कर्ष सार्वजनिक भएको छ।

प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिशामाथि एक जनाबाट बलात्कार भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको निष्कर्ष निकालेको जनाएको छ। उक्त घटनामा संलग्न एक नाबालकविरुद्ध बलात्कार तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको प्रहरीको भनाइ छ।तर, जिल्ला सरकारी वकिल कार्यालयले भने घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै चार जना नाबालकविरुद्ध अभियोग दर्ता गरेको छ।

तिनै चार जना आरोपीहरूको एकआपसमा सम्पर्क र कलडिटेलका आधारमा सरकारी वकिलको कार्यालयले चारै जनालाई जन्मकैदको माग सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सरकारी वकिलको कार्यालयले भने घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता देखिएको र सोही आधारमा सामूहिक अपराधको मुद्दा अघि बढाइएको जनाएको छ। सरकारी वकिलको कार्यालयले बिद्यालयका शिक्षक समेतलाई बयान लिएको थियो ।

घटना फागुन २३ गते भएको हो। ट्युसन जान भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगरस्थित जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल उक्त प्रकरण अदालतमा विचाराधीन रहेको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...