सूचना किन हटायो शिक्षा मन्त्रालयले ? निर्णयमै देखियो विरोधाभास

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयसम्बन्धी सूचना सार्वजनिक गरेको २४ घण्टा नपुग्दै वेबसाइटबाट हटाएको छ।

आइतबार मन्त्रालयले सबै तहका प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने सूचना जारी गरेको थियो। तर शिक्षामन्त्री सस्मित पोखरेल ले भने कक्षा १२ सम्मका इन्ट्रान्स र ब्रिज कोर्समा मात्र रोक लगाउने उल्लेख गरेको सूचना सार्वजनिक गरेका थिए । मन्त्रालय र मन्त्रीले सार्वजनिक गरेको सूचना फरक परेपछि सूचना हटाएको अनुमान गरिएको छ । यसबारे शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन् ।

मन्त्री र मन्त्रालयको सूचना नमिल्दा निर्णयमै अन्योल देखिएको भन्दै आलोचना सुरु भएको थियो। त्यसकै बीच मन्त्रालयले आफ्नो आधिकारिक सूचना हटाएको हो।

निर्णयप्रति समर्थन र आलोचना दुवै बढिरहेका बेला मन्त्रालयले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...