Day: January 23, 2026

घाेराही मेलामा रमेशराज भट्टराईको सांगीतिक धमाका

घाेराही मेलामा रमेशराज भट्टराईको सांगीतिक धमाका

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को चौधौँ दिन आज चर्चित गायक रमेशराज भट्टराईको धमाकेदार प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको छ । माघको चिसो साँझमा पनि ‘बहुला’ गायकका रूपमा परिचित भट्टराईका ऊर्जाशील गीतहरूले दर्शकलाई धुलो उडाउँदै नाच्न बाध्य बनायो । स्टेज सम्हाल्ने बित्तिकै माहोल उत्साहले भरिएको देखिन्थ्यो । साँझ छिप्पिँदै जाँदा र तापक्रम घट्दै जाँदा पनि दर्शकहरूको जोशमा कुनै कमी आएन । भट्टराईले आफ्ना चर्चित हिट गीतहरू ‘राजा राजा भन्थी बाजा बजाएर गई र बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई गाउन सुरु गरेसँगै दर्शकको हुटिङले महोत्सवस्थलको वातावरण झन् आकर्षक बनेको थियो । उनका भन साइला तिमी लास्टै क्यूटी, ल्याङ ल्याङ गर्ने बानी, पन्चै बाजा, होलीमा अरे होलीमा, बल्ल खाइस् र मलाई हातमा राखी बानेर गई’ बोलका गीतले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान...
ब्रिटिस कलेजविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

ब्रिटिस कलेजविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । ब्रिटिस कलेज रहेको ट्रेड टावरको मूल गेटमा अखिल (क्रान्तिकारी) ले कालो ब्यानर लगाएर विरोध प्रदर्शन गरेको छ। नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कलेज प्रशासनमाथि शैक्षिक माफियाको रूपमा काम गरेको आरोप लगाउँदै प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले हजारौँ विद्यार्थीको आर्थिक तथा मानसिक शोषण भएको दाबी गर्दै दोषीमाथि कारबाही, कलेजको अनुमति खारेजी तथा पीडित विद्यार्थीलाई क्षतिपूर्तिसहित न्याय दिन माग गरेका छन्। उनीहरूले वैज्ञानिक समाजवादी शिक्षाको पक्षमा उभिन सबै प्रगतिशील तथा लोकतान्त्रिक विद्यार्थीलाई एकजुट हुन आह्वानसमेत गरेका छन्। ब्यानरमा हजारौँ विद्यार्थीको आर्थिक तथा मानसिक शोषण गर्ने शैक्षिक माफियाविरुद्ध कडा कारबाहीको माग गर्दै मानव तस्कर महेन्द्र राज कंडेल र राजन कंडेल लगायत मतियारलाई अविलम्ब गिरफ्तार गरी कारबाही गर भनिएको छ। साथै, तथाकथित विदेशी सम्बन्...
फागुन २१ को संसदीय चुनाव बहिष्कार गर्न नेकपा (बहुमत) ५ नम्वर व्यूराेकाे आह्वान

फागुन २१ को संसदीय चुनाव बहिष्कार गर्न नेकपा (बहुमत) ५ नम्वर व्यूराेकाे आह्वान

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । नेकपा (बहुमत) ५ नम्बर ब्यूरो प्रचारप्रसार समितिले फागुन २१ गते हुने दलाल संसदीय चुनाव बहिष्कार गर्न आह्वान गरेको छ। सार्वजनिक गरिएको पोस्टरमार्फत समितिले “वैज्ञानिक समाजवाद जिन्दाबाद” भन्ने नारा अघि सार्दै चुनाव बहिष्कारको अभियानलाई तीव्र पार्ने जनाएको छ। पोस्टरमा दलाल संसदीय व्यवस्थाविरुद्ध जनआन्दोलनको आह्वान गर्दै सडक संघर्षमार्फत परिवर्तन सम्भव हुने दाबी गरिएको छ। चित्रमा हातमा कम्युनिष्ट झण्डा बोकेका प्रदर्शनकारीहरूको समूह देखाइएको छ भने मतपेटिकालाई आगोमा जलिरहेको प्रतीकात्मक दृश्य राखिएको छ, जसले संसदीय चुनावप्रति अस्वीकार जनाइएको सन्देश दिन्छ। समितिले संसदीय चुनावले जनताको समस्या समाधान नगर्ने र विद्यमान व्यवस्थाले शोषणलाई निरन्तरता दिएको आरोप लगाएको छ। त्यसैले फागुन २१ को चुनाव बहिष्कार गर्दै वैज्ञानिक समाजवादको बाटो रोज्न जनतालाई अपिल गरिएको प्रचार सामग्रीमा उल्लेख छ।...
गौरव नेतृत्वको माओवादीका स्थायी समिति सदस्य समर्पण भट्टराईले कार्यदिशामा असहमति जनाउँदै दिए राजीनामा

गौरव नेतृत्वको माओवादीका स्थायी समिति सदस्य समर्पण भट्टराईले कार्यदिशामा असहमति जनाउँदै दिए राजीनामा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गौरव नेतृत्वका स्थायी समिति सदस्य तथा केन्द्रीय कार्यालय सचिव समर्पण भट्टराई पार्टीबाट अलग भएका छन्। भट्टराईले पार्टीको सशस्त्र जनविद्रोहको कार्यदिशामा असहमति जनाउँदै माघ आज ९ गतेदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। भट्टराईले जारी गरेको लिखित विज्ञप्तिमा आफू २०५८ साल भदौ ८ गतेदेखि माओवादी आन्दोलनमा संलग्न हुँदै जनयुद्ध र विभिन्न संघर्षका चरण पार गरेर आएको उल्लेख गरेका छन्। उनले २०८१ भदौदेखि गौरव नेतृत्वको नेकपा (माओवादी) मा आवद्ध भई २०८१ कात्तिक ११ देखि १४ गते बुटवलमा सम्पन्न दोस्रो विस्तारित बैठकबाट स्थायी समिति सदस्य तथा केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएको बताएका छन्। विज्ञप्तिमा भट्टराईले जिम्मेवारी सम्हालेको १५ दिन नबित्दै राजनीतिक भेटघाटका क्रममा पर्सा जिल्ला प्रहरी प्...
सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी

सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार, समाज
 भक्तपुर । मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा गएराति दुई समूहबीच झडप हुँदा तोडफोड र आगजनी भएको छ। झडपपछि सुधारगृह परिसर रणमैदानजस्तै देखिएको छ। झडपका क्रममा सुधारगृहभित्र ढुंगामुढा भएपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीमाथि समेत ढुंगामुढा भएपछि सशस्त्र प्रहरीको टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको हो। आगजनीपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको प्रहरीले जनाएको छ। हाल स्थिति नियन्त्रणमा रहेको भए पनि सम्भावित अवस्था भड्किन नदिन सुधारगृह क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। झडपबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। सानोठिमी बाल सुधारगृहमा हाल १६९ जना बालबालिका रहेका छन्।...
फागुन २१ को चुनाव  ः  जिते पनि सांसद बन्न नपाउने उम्मेदवारहरू

फागुन २१ को चुनाव ः जिते पनि सांसद बन्न नपाउने उम्मेदवारहरू

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
 काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केही यस्ता उम्मेदवार मैदानमा छन्, जो चुनाव जिते पनि संसद छिर्न पाउने छैनन्। फौजदारी मुद्दा विचाराधीन अवस्थामा रहेका तर थुनामुक्त उम्मेदवारलाई निर्वाचन कानूनले उम्मेदवार बन्ने छुट दिएको भए पनि सफाइ नपाएसम्म सांसदको हैसियत पाउने प्रावधान छैन। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ३४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दिएका छन् भने केहीको उम्मेदवारी खारेज भइसकेको छ। कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, नवलपरासी–२ बाट कांग्रेसका देवेन्द्रराज कँडेल र काठमाडौं–१० बाट मितेरी पार्टीकी सुमित्रा बस्नेतको उम्मेदवारी रद्द भएको छ। यस्तै, फौजदारी मुद्दा विचाराधीन रहेका कारण चुनाव जिते पनि सांसद बन्न नपाउने सूचीमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र नेकपाका उम्मेदवार बलदेव चौधरी रहेका छन्। मुद्दाको ...
जाजरकोट भूकम्प पीडितको राहत र पुनर्निर्माणमा सरकार असफल : नेकपा (बहुमत)

जाजरकोट भूकम्प पीडितको राहत र पुनर्निर्माणमा सरकार असफल : नेकपा (बहुमत)

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि राहत, उद्धार तथा पुनर्निर्माणमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याए पनि राज्यका तीनै तहका सरकार जनताप्रति गैरजिम्मेवार बनेको उल्लेख गरिएको छ। भूकम्पमा ज्यान गुमाउनेको संख्या धेरै हुनुका साथै लाखौँ नागरिक घरबारविहीन बनेका छन् भने अर्बौँको धनसम्पत्ति क्षति भएको पार्टीको दाबी छ। विज्ञप्तिमा भूकम्प गएको तीन बर्ष बितिसक्दा पनि पीडित नागरिक अस्थायी टहरामा कष्टकर जीवन बिताउन बाध्य रहेको र राहतका नाममा घोषणा गरिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ। राहतका लागि छुट्याइएको रकमसमेत पीडितसम्म नपुगेको आरोप पार्टीले लगाएको छ।  ...
घोराहीमा दोस्रो माघे मेला १५औँ दिनमा: रमेशराज भट्टराई र टिका सानुको विशेष प्रस्तुति

घोराहीमा दोस्रो माघे मेला १५औँ दिनमा: रमेशराज भट्टराई र टिका सानुको विशेष प्रस्तुति

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, राजनीति, समाचार
दाङ । दाङको घोराही–१४ स्थित ट्राफिक चोक गोर्खा टोलमा भव्य रूपमा सञ्चालन भइरहेको दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ आज १५औँ दिन मा प्रवेश गरेको छ। लगातार दर्शकको उत्साह र उपस्थितिले चर्चामा रहेको मेलाको आजको सांस्कृतिक कार्यक्रममा चर्चित लोकगायक रमेशराज भट्टराई र लोकप्रिय गायिका टिका सानु को विशेष सांगीतिक प्रस्तुति रहने भएकाले कार्यक्रमप्रति दर्शकको आकर्षण झन् बढेको छ। लोक तथा दोहोरी गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक रमेशराज भट्टराई र गायिका टिका सानुले आफ्ना लोकप्रिय तथा दर्शकले रुचाएका गीत प्रस्तुत गर्दै आजको कार्यक्रमलाई थप भव्य र स्मरणीय बनाउने अपेक्षा गरिएको छ। १५ दिनदेखि निरन्तर सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत हुँदै आएको माघे मेलामा आजको कार्यक्रमलाई मुख्य आकर्षणका रूपमा हेरिएको छ। आजको कार्यक्रममा गायिका रेखा पोख्रेल...
पश्चिमी वायुको प्रभाव: कर्णाली र सुदूरपश्चिममा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव: कर्णाली र सुदूरपश्चिममा वर्षा तथा हिमपातको सम्भावना

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ। बाँकी भूभागमा मौसम प्रायः सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। सुदूरपश्चिमका केही स्थान र कर्णालीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका थोरै स्थानमा ...