गौरव नेतृत्वको माओवादीका स्थायी समिति सदस्य समर्पण भट्टराईले कार्यदिशामा असहमति जनाउँदै दिए राजीनामा

 

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गौरव नेतृत्वका स्थायी समिति सदस्य तथा केन्द्रीय कार्यालय सचिव समर्पण भट्टराई पार्टीबाट अलग भएका छन्। भट्टराईले पार्टीको सशस्त्र जनविद्रोहको कार्यदिशामा असहमति जनाउँदै माघ आज ९ गतेदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

भट्टराईले जारी गरेको लिखित विज्ञप्तिमा आफू २०५८ साल भदौ ८ गतेदेखि माओवादी आन्दोलनमा संलग्न हुँदै जनयुद्ध र विभिन्न संघर्षका चरण पार गरेर आएको उल्लेख गरेका छन्। उनले २०८१ भदौदेखि गौरव नेतृत्वको नेकपा (माओवादी) मा आवद्ध भई २०८१ कात्तिक ११ देखि १४ गते बुटवलमा सम्पन्न दोस्रो विस्तारित बैठकबाट स्थायी समिति सदस्य तथा केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएको बताएका छन्।

विज्ञप्तिमा भट्टराईले जिम्मेवारी सम्हालेको १५ दिन नबित्दै राजनीतिक भेटघाटका क्रममा पर्सा जिल्ला प्रहरी प्रमुख कुमोद ढुंगेलको आदेशमा आफूलाई नियोजित रूपमा पक्राउ गरी झुट्टा मुद्दा दर्ता गरिएको दाबी गरेका छन्। उनले विभिन्न जिल्लामा लैजाने, झुट्टा मुद्दा लगाउने कार्य सत्तापक्षको ‘असली रूप’ भएको आरोप लगाएका छन्।

उनले आफू जेल, नेल र राज्य आतंकबाट नडराउने स्पष्ट पार्दै यस्ता घटनाले संघर्षका लागि अझ दृढ बनाएको दाबी गरेका छन्। तर पछिल्लो समय पार्टीभित्र कार्यदिशा परिवर्तनको आवश्यकता औंल्याउँदै पटक–पटक प्रस्ताव राख्दा पनि महासचिवबाट तत्काल कार्यदिशा परिवर्तन सम्भव नभएको जानकारी पाएपछि वर्तमान सशस्त्र जनविद्रोहको लाइनमा अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

भट्टराईले विज्ञप्तिमार्फत नेपाल कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता कायमै रहने पनि जनाएका छन्।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...