जाजरकोट भूकम्प पीडितको राहत र पुनर्निर्माणमा सरकार असफल : नेकपा (बहुमत)

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि राहत, उद्धार तथा पुनर्निर्माणमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ।

पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याए पनि राज्यका तीनै तहका सरकार जनताप्रति गैरजिम्मेवार बनेको उल्लेख गरिएको छ। भूकम्पमा ज्यान गुमाउनेको संख्या धेरै हुनुका साथै लाखौँ नागरिक घरबारविहीन बनेका छन् भने अर्बौँको धनसम्पत्ति क्षति भएको पार्टीको दाबी छ।

विज्ञप्तिमा भूकम्प गएको तीन बर्ष बितिसक्दा पनि पीडित नागरिक अस्थायी टहरामा कष्टकर जीवन बिताउन बाध्य रहेको र राहतका नाममा घोषणा गरिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ। राहतका लागि छुट्याइएको रकमसमेत पीडितसम्म नपुगेको आरोप पार्टीले लगाएको छ।

 पार्टीले स्थानीय, प्रदेश र संघीय सरकार जनताको प्रतिनिधिका रूपमा उत्तरदायी बन्न नसकेको भन्दै सरकारद्वारा ल्याइएका अस्थायी राहत तथा पुनर्निर्माण योजनाहरू अव्यवहारिक र अन्यायपूर्ण रहेको जनाएको छ। भूकम्प पीडितहरूले अघि सारेका आन्दोलन र मागप्रति पार्टीले ऐक्यबद्धता जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भूकम्पपछिको दीर्घकालीन समाधानका लागि पुनर्निर्माण कार्यलाई नयाँ निर्माणमा रूपान्तरण गर्दै सुरक्षित आवास र एकीकृत बस्ती प्रणाली अन्तर्गत स्थानीय स्तरमै ‘ग्रामीण सिटी’ निर्माण योजना लागू गर्नुपर्ने माग गरेको छ। साथै, सबै ढुंगा–माटोका घर विस्थापन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीले अवस्थालाई यथावत् राख्ने होइन, व्यवस्था नै परिवर्तन गरेर मात्र समस्या समाधान हुने निष्कर्ष निकाल्दै  जाजरकाेटी जनतालाइ चुनाव बहिष्कार गर्न आग्रह गर्दै भूकम्पपीडित जनतारूकाे बिषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...