सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी

 भक्तपुर । मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा गएराति दुई समूहबीच झडप हुँदा तोडफोड र आगजनी भएको छ। झडपपछि सुधारगृह परिसर रणमैदानजस्तै देखिएको छ।

झडपका क्रममा सुधारगृहभित्र ढुंगामुढा भएपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीमाथि समेत ढुंगामुढा भएपछि सशस्त्र प्रहरीको टोली परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको हो। आगजनीपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको प्रहरीले जनाएको छ।

हाल स्थिति नियन्त्रणमा रहेको भए पनि सम्भावित अवस्था भड्किन नदिन सुधारगृह क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। झडपबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। सानोठिमी बाल सुधारगृहमा हाल १६९ जना बालबालिका रहेका छन्।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...