घोराहीमा दोस्रो माघे मेला १५औँ दिनमा: रमेशराज भट्टराई र टिका सानुको विशेष प्रस्तुति

दाङ । दाङको घोराही–१४ स्थित ट्राफिक चोक गोर्खा टोलमा भव्य रूपमा सञ्चालन भइरहेको दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ आज १५औँ दिन मा प्रवेश गरेको छ। लगातार दर्शकको उत्साह र उपस्थितिले चर्चामा रहेको मेलाको आजको सांस्कृतिक कार्यक्रममा चर्चित लोकगायक रमेशराज भट्टराई र लोकप्रिय गायिका टिका सानु को विशेष सांगीतिक प्रस्तुति रहने भएकाले कार्यक्रमप्रति दर्शकको आकर्षण झन् बढेको छ।

लोक तथा दोहोरी गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक रमेशराज भट्टराई र गायिका टिका सानुले आफ्ना लोकप्रिय तथा दर्शकले रुचाएका गीत प्रस्तुत गर्दै आजको कार्यक्रमलाई थप भव्य र स्मरणीय बनाउने अपेक्षा गरिएको छ। १५ दिनदेखि निरन्तर सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत हुँदै आएको माघे मेलामा आजको कार्यक्रमलाई मुख्य आकर्षणका रूपमा हेरिएको छ।

आजको कार्यक्रममा गायिका रेखा पोख्रेल गायिका शान्ता आले, तथा मोडल निशा मगर को पनि आकर्षक प्रस्तुति रहनेछ। त्यस्तै, डान्सर लक्ष्मी गौतम, डान्सर अनिता रेन, तथा सोनी डान्स ग्रुप ले मौलिक र आधुनिक नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

सांस्कृतिक कार्यक्रमलाई थप रोचक बनाउने उद्देश्यले हास्य कलाकार राजु बि.के., खलनायक मनोज रसाइली, तथा गायक एवं उद्घोषक माधव जोन खत्री को समेत सहभागिता रहनेछ। कार्यक्रमको सांस्कृतिक संयोजन गोपल बुढा मगर ले सम्हालिरहेका छन्।

मगर समुदायसहित विभिन्न जातजातिको भेषभूषा, कला, संस्कार, संस्कृति र मौलिक खानाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा डान्स आइडल, दोहोरी प्रतियोगिता, तथा विविध व्यावसायिक स्टलहरू निरन्तर सञ्चालनमा छन्। साथै, जलपरी, र लण्डन ब्रिज जस्ता आकर्षक संरचनाले मेलामा आउने दर्शकको ध्यान तानिरहेका छन्।

न्यू रोल्पाली डाङी स्टोर घोराही–१४ को मुख्य प्रायोजन रहेको छ। घोराही उप–महानगरपालिका कार्यालय र संरक्षण तथा नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति संरक्षण रहेका छन् । आयोजकले माघे मेलाको १५औँ दिनको सांस्कृतिक कार्यक्रममा उपस्थित भई मनोरञ्जनसँगै मौलिक संस्कृति अवलोकन गर्न सम्पूर्ण दर्शकलाई आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...