Day: January 22, 2026

घोराही माघे मेलामा आज प्रिती आले मगर र अन्य कलाकारको प्रस्तुति रहने

घोराही माघे मेलामा आज प्रिती आले मगर र अन्य कलाकारको प्रस्तुति रहने

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
दाङ। दाङको घोराही–१४ स्थित ट्राफिक चोकमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ अन्तर्गत आजको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आले मगरको विशेष प्रस्तुति रहने भएको छ। मगर समुदायको मौलिक गीत–संगीतसँगै आधुनिक प्रस्तुति मार्फत दर्शकलाई झुमाउने गायिका प्रिती आले मगर आजको कार्यक्रमको मुख्य आकर्षण रहने सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिनुभयो। मेलाको मञ्चमा आज गायक तथा उदघोषक प्रेम शर्मा, गायक सुदन थापाले पनि आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन्। त्यसैगरी नृत्यतर्फ मोडल डान्सर चाहाना झाक्री र मिरा घर्ती मगरले आकर्षक नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। भने सोनी डान्स ग्रुपले सामूहिक नृत्यमार्फत दर्शकको मन जित्ने तयारी गरेको छ। भने कार्यक्रम सञ्चालन गायक तथा उदघोषक माधव जोन खत्रीको भूमिका रहनेछ। सांस्कृतिक कार्यक्रमसँगै मेलामा डान्स आइडल, दोहोरी...
प्रतिनिधिसभा चुनावमा दलित उम्मेदवार न्यून, समावेशीतामाथि प्रश्न

प्रतिनिधिसभा चुनावमा दलित उम्मेदवार न्यून, समावेशीतामाथि प्रश्न

Breaking News 1, पत्रपत्रिका, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दलित समुदायको सहभागिता अत्यन्तै न्यून देखिएको छ । ठूला राजनीतिक दलहरूले सीमित जिल्लामा मात्रै दलित उम्मेदवार अघि सारेका छन् । नेपाली कांग्रेसले बझाङबाट प्रकाश रसाइली स्नेहीलाई मात्र उम्मेदवार बनाएको छ । एमालेले डडेल्धुराबाट चक्र स्नेही र बर्दिया–२ बाट विमला विकलाई टिकट दिएको छ । नेकपाले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ भने रास्वपाले बाँके–३ बाट खगेन्द्र सुनारलाई अघि सारेको छ । दलित अगुवाहरूले दलितलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको र अवसरबाट वञ्चित गरिएको आरोप लगाएका छन् । दलित महिला उत्थान सङ्घकी अध्यक्ष विन्दु परियारले प्रत्यक्ष निर्वाचनमा दलितको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेकी छन् । अघिल्ला संसद् र संविधानसभाका तथ्याङ्कले पनि दलित ...