घोराही माघे मेलामा आज प्रिती आले मगर र अन्य कलाकारको प्रस्तुति रहने

दाङ। दाङको घोराही–१४ स्थित ट्राफिक चोकमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ अन्तर्गत आजको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आले मगरको विशेष प्रस्तुति रहने भएको छ।

मगर समुदायको मौलिक गीत–संगीतसँगै आधुनिक प्रस्तुति मार्फत दर्शकलाई झुमाउने गायिका प्रिती आले मगर आजको कार्यक्रमको मुख्य आकर्षण रहने सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिनुभयो। मेलाको मञ्चमा आज गायक तथा उदघोषक प्रेम शर्मा, गायक सुदन थापाले पनि आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।

त्यसैगरी नृत्यतर्फ मोडल डान्सर चाहाना झाक्री र मिरा घर्ती मगरले आकर्षक नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। भने सोनी डान्स ग्रुपले सामूहिक नृत्यमार्फत दर्शकको मन जित्ने तयारी गरेको छ। भने कार्यक्रम सञ्चालन गायक तथा उदघोषक माधव जोन खत्रीको भूमिका रहनेछ।

सांस्कृतिक कार्यक्रमसँगै मेलामा डान्स आइडल, दोहोरी प्रतियोगिता तथा विभिन्न व्यापारिक स्टलहरू सञ्चालनमा छन्। साथै बालबालिका तथा दर्शकका लागि जलपरी र लन्डन ब्रिज जस्ता आकर्षक प्रदर्शनीहरूले मेलालाई थप रोमाञ्चक बनाएको छ।

पुष २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने यस मेलाले स्थानीय पर्यटन, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...