प्रतिनिधिसभा चुनावमा दलित उम्मेदवार न्यून, समावेशीतामाथि प्रश्न

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दलित समुदायको सहभागिता अत्यन्तै न्यून देखिएको छ । ठूला राजनीतिक दलहरूले सीमित जिल्लामा मात्रै दलित उम्मेदवार अघि सारेका छन् ।

नेपाली कांग्रेसले बझाङबाट प्रकाश रसाइली स्नेहीलाई मात्र उम्मेदवार बनाएको छ । एमालेले डडेल्धुराबाट चक्र स्नेही र बर्दिया–२ बाट विमला विकलाई टिकट दिएको छ । नेकपाले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ भने रास्वपाले बाँके–३ बाट खगेन्द्र सुनारलाई अघि सारेको छ ।

दलित अगुवाहरूले दलितलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको र अवसरबाट वञ्चित गरिएको आरोप लगाएका छन् । दलित महिला उत्थान सङ्घकी अध्यक्ष विन्दु परियारले प्रत्यक्ष निर्वाचनमा दलितको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेकी छन् ।

अघिल्ला संसद् र संविधानसभाका तथ्याङ्कले पनि दलित प्रतिनिधित्व क्रमशः घट्दो क्रममा रहेको देखाउँछन् । संविधानले समावेशीताको हक सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...