Day: January 14, 2026

घोराही माघे मेला–२०८२ काे सचिवालयमा चेली पुज्ने कार्यक्रम आयोजना गरिदै

घोराही माघे मेला–२०८२ काे सचिवालयमा चेली पुज्ने कार्यक्रम आयोजना गरिदै

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
दाङ  । नेपाल मगर सङ्घ घोराही नगर कार्य समितिले माघी पर्वकाे अवसरमा घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ स्थलमा चेली पुज्ने कार्यक्रमको आयोजना गरेको छ । समितिका अध्यक्ष बेदबहादुर मगरका अनुसार कार्यक्रम माघे मेलाको सचिवालयमा बिहान ११ बजे कार्यक्रम सुरु हुनेछ । चेली पुज्ने कार्यक्रमसँगै परम्परागत धनुषबाट तीर तारो हान्ने कार्यक्रम पनि समावेश गरिएको छ । अध्यक्ष मगरले माघे पर्वको सांस्कृतिक महत्त्व र चेलीप्रतिको सम्मानलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै, मगर समुदायका चेलीसहित सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । घोराहीमा सञ्चालन भइरहेको माघे मेला–२०८२ ले स्थानीय संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ । मेला अवधिभर विविध सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन ...
घोराही माघे मेलाको छैठौँ दिन दर्शकको उत्साह , शान्ति श्री र हेमन्त शर्माले  नचाहे दर्शक

घोराही माघे मेलाको छैठौँ दिन दर्शकको उत्साह , शान्ति श्री र हेमन्त शर्माले  नचाहे दर्शक

Breaking News 1, पत्रपत्रिका, प्रमुख समाचार, मनोरञ्जन, राजनीति, समाचार
दाङ । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को छैठौँ दिन घोराही पूरै संगीतमय बनेको छ। लोकप्रिय लोकदोहोरी गायिका शान्तीश्री परियार र सुगम संगीतका चर्चित गायक हेमन्त शर्मा को दमदार प्रस्तुतिले मेलास्थलमा उपस्थित दर्शकलाई अविस्मरणीय मनोरञ्जन प्रदान गरेको थियो । लगातार हिट गीतमार्फत दर्शकको मन जित्दै आएकी शान्तीश्री परियारले लाउन दाजै पिरती, न्याउली वनैमा, रुकुम मैकोट, जुनेली रातैमा म भुलेँ तिम्रो साथैमा, अरेली काडैले तथा पछेउरी च्यातियो तिमीले तानेर जस्ता चर्चित गीत गाएर मेलास्थललाई उत्सवमय बनाइन्। उनका गीतमा दर्शक नाच्न मात्र होइन, गीतका भावनामा डुब्नसमेत बाध्य देखिन्थे। त्यसैगरी, गायक हेमन्त शर्माले आउँथ्यो दशैँ, फूल है भने रसाइ देऊ, परेली झिम झिम, थापन थापन हातैमा र नम्बरी सुन हो जस्ता सदाबहार गीत प्रस्तुत गर्दै दर्शकबाट लामो ताली बटुले। उनका गीतले...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा. श्याम लम्साल नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा. श्याम लम्साल नियुक्त

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्वास्थ्य
  काठमाडौं - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा. श्याम लम्साल नियुक्त भएका छन्। कुलपति स्तरीय निर्णय गर्दै प्रतिष्ठानका रजिष्टर लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो। उनले निमित्त उपकुलपतिको पत्र समेत बुझिसकेका छन्। उक्त पत्रमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको काम कारबाही सुचारु राख्न लम्साललाई निमित्तको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ। उनलाई शैक्षिक, आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ।...
लडाइँ जितियो, जीवन जितिएन

लडाइँ जितियो, जीवन जितिएन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
कञ्चनपुरको गुन्यालफाँटामा बस्ने पदम राना वादीको कथा केवल एक व्यक्तिको संघर्ष होइन, यो वादी समुदायको सामूहिक पीडाको प्रतिबिम्ब हो। बाल्यकालदेखि नै छुवाछूत, गरिबी र अपमान सहँदै हुर्किएका पदम मुक्तिको सपना बोकेर जनयुद्धमा होमिए। बन्दुक बोकेर नयाँ नेपाल बनाउने लडाइँ त जितियो, तर शान्तिपछि उनको जीवनमा स्थायित्व आएन। जनमुक्ति सेनाबाट अवकाशपछि बनाएको घर बाढीले बगायो, अहिले पनि उनको परिवार सुरक्षित बास र स्थायी आम्दानीबाट वञ्चित छ। लोकतान्त्रिक गणतन्त्र आए पनि वादी समुदायको जीवनस्तरमा ठोस परिवर्तन हुन नसकेको उनको गुनासो छ। प्रत्यक्ष छुवाछूत केही घटे पनि शिक्षा, रोजगारी र राजनीतिक प्रतिनिधित्वमा उनीहरू अझै पछाडि छन्। गुन्यालफाँटाका अधिकांश वादी परिवार जोखिमपूर्ण बस्तीमा बस्न बाध्य छन्। युवाहरू रोजगारी खोज्दै भारत जान्छन्, महिलाहरू असुरक्षित जीवन बिताइरहेका छन्। नीति, कार्यक्रम र आयोग भए पन...
देउवाको कारबाहीपछि गगन थापा: ‘आधिकारिक कांग्रेस हामी हौं’

देउवाको कारबाहीपछि गगन थापा: ‘आधिकारिक कांग्रेस हामी हौं’

Breaking News 1, पत्रपत्रिका, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा समूहको कारबाहीपछि महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन पक्षधर नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन्। देउवा समूहले गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गरेपछि प्रतिक्रिया दिँदै थापाले भने, “यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ, यही नै कांग्रेस हो। रूख र चारतारे झन्डा हामीसँग छ।” उनले विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेको र त्यसबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइने तयारी भइरहेको बताए। संवादका प्रयास असफल भएपछि अब अलमलिनुपर्ने अवस्था नरहेको थापाको भनाइ छ।...
माघे मेला–२०८२ : सातौँ दिन नायक पल शाह घोराही आउँदै

माघे मेला–२०८२ : सातौँ दिन नायक पल शाह घोराही आउँदै

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
दाङ । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन भोलि बिहीबार चर्चित नायक पल शाह मेलास्थलमा उपस्थित हुने भएका छन्। आयोजकका अनुसार भोलिको कार्यक्रममा नायक शाहसँगै ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ। घोराही–२ रामपुरमा जन्मिएका नायक शाहले आफ्नै गृहजिल्ला दाङ र गृहनगर घोराहीमा आयोजना भइरहेको माघे मेलामा सहभागी हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् । उनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत् आफ्ना दर्शक, शुभेच्छुक तथा नगरवासीलाई मेलामा उपस्थित भई आफूलाई आशिर्वाद दिन आग्रह गरेका छन् । “आफ्नै नगरमा आयोजना भइरहेको माघे मेलामा आउन पाउँदा अत्यन्त खुसी छु,” भन्दै उनले भोलि सबैलाई परिवारसहित मेलामा आएर कार्यक्रमको रमाइलो लिन आग्रह गरेका छन् । पुस २५ गतेदेखि सुरु भएको ‘माघे मेला–२०८२’ माघ १० गतेसम्म सञ्चालन हुनेछ । पर्यटन, संस्...
देउवा पक्षद्वारा गगन–विश्वप्रकाशलाई ५ वर्षका लागि निष्कासित

देउवा पक्षद्वारा गगन–विश्वप्रकाशलाई ५ वर्षका लागि निष्कासित

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्ष बहुमत रहेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाउँदै उनीहरूसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत नेतामाथि कारबाही गर्ने निर्णय गरेको हो। महामन्त्रीद्वयले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै आह्वान गरेका थिए। तर संस्थापन पक्षले यसलाई पार्टी निर्णयविरुद्धको कदम ठहर गर्दै कारबाही अघि बढाएको बताइएको छ। पार्टी विभाजन रोक्न विभिन्न चरणमा भएका छलफलहरू निष्कर्षविहीन बनेपछि विवाद थप चर्किएको छ। यसैबीच विशेष पक्षले गठन गरेको निर्वाचन समितिले सभापति पदमा गगन थापाको...
सुनचाँदीको मूल्यमा उछाल, बजार फेरि तात्यो

सुनचाँदीको मूल्यमा उछाल, बजार फेरि तात्यो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको हो। बुधवार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यसैगरी चाँदीको मूल्य पनि ओरालो होइन, उकालो लागेको छ। चाँदी प्रतितोला ३ सय १५ रुपैयाँले बढेर ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ थियो। सुनचाँदीको मूल्यमा आएको यस वृद्धिले बजारमा चासो र चर्चा दुवै बढाएको छ...
सिन्धुली एसबीआई बैंक लुटपाट प्रकरण : चार जना पक्राउ , करिब ३ करोड १० लाख रुपैयाँ लुटिएको पुष्टि

सिन्धुली एसबीआई बैंक लुटपाट प्रकरण : चार जना पक्राउ , करिब ३ करोड १० लाख रुपैयाँ लुटिएको पुष्टि

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
 सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक शाखामा भएको नगद लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। लुटपाटपछि फरार रहेका उनीहरूलाई घ्याङलेख गाउँपालिका–१ क्षेत्रबाट नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। प्रहरीले घटनामा प्रयोग गरिएको बोलेरो गाडी समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बैंक शाखाबाट करिब ३ करोड १० लाख रुपैयाँ लुटिएको पुष्टि भएको छ। मंगलबार साँझ भएको उक्त घटनामा लुटेराहरूले बैंकको सुरक्षा गार्डमाथि आक्रमण गरी नगद लिएर फरार भएका थिए। पक्राउ परेकाहरूको संलग्नता, लुटिएको रकमको अवस्था र घटनाका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
दुई महामन्त्री बीच देउवा सँगको भेट निष्कर्ष विहीन

दुई महामन्त्री बीच देउवा सँगको भेट निष्कर्ष विहीन

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्रीबीच भएको छलफल कुनै ठोस निष्कर्षमा पुग्न सकेन। देउवा निवासमा करिब ४५ मिनेट चलेको भेटमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवाको हालको सक्रिय भूमिकाप्रति चासो राख्दै निष्क्रिय रहन आग्रह गरेका थिए। महामन्त्रीद्वयले २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा देखिएको देउवाको भूमिकाले सम्मान बढाएको उल्लेख गर्दै पछिल्लो समयको सक्रियताले सकारात्मक सन्देश नदिने धारणा राखेका थिए। तर सभापति देउवाले सो आग्रहप्रति स्पष्ट जवाफ नदिएको बताइएको छ। छलफलबाट कुनै निर्णय ननिस्किएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराउँदै निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारीमा रहेका छन्।...