माघे मेला–२०८२ : सातौँ दिन नायक पल शाह घोराही आउँदै

दाङ । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन भोलि बिहीबार चर्चित नायक पल शाह मेलास्थलमा उपस्थित हुने भएका छन्।

आयोजकका अनुसार भोलिको कार्यक्रममा नायक शाहसँगै ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ।
घोराही–२ रामपुरमा जन्मिएका नायक शाहले आफ्नै गृहजिल्ला दाङ र गृहनगर घोराहीमा आयोजना भइरहेको माघे मेलामा सहभागी हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् । उनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत् आफ्ना दर्शक, शुभेच्छुक तथा नगरवासीलाई मेलामा उपस्थित भई आफूलाई आशिर्वाद दिन आग्रह गरेका छन् ।

“आफ्नै नगरमा आयोजना भइरहेको माघे मेलामा आउन पाउँदा अत्यन्त खुसी छु,” भन्दै उनले भोलि सबैलाई परिवारसहित मेलामा आएर कार्यक्रमको रमाइलो लिन आग्रह गरेका छन् ।

पुस २५ गतेदेखि सुरु भएको ‘माघे मेला–२०८२’ माघ १० गतेसम्म सञ्चालन हुनेछ । पर्यटन, संस्कृति र स्थानीय कला–प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलाले घोराहीको सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाइरहेको छ ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...