घोराही माघे मेलाको छैठौँ दिन दर्शकको उत्साह , शान्ति श्री र हेमन्त शर्माले  नचाहे दर्शक

दाङ । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को छैठौँ दिन घोराही पूरै संगीतमय बनेको छ। लोकप्रिय लोकदोहोरी गायिका शान्तीश्री परियार र सुगम संगीतका चर्चित गायक हेमन्त शर्मा को दमदार प्रस्तुतिले मेलास्थलमा उपस्थित दर्शकलाई अविस्मरणीय मनोरञ्जन प्रदान गरेको थियो ।

लगातार हिट गीतमार्फत दर्शकको मन जित्दै आएकी शान्तीश्री परियारले लाउन दाजै पिरती, न्याउली वनैमा, रुकुम मैकोट, जुनेली रातैमा म भुलेँ तिम्रो साथैमा, अरेली काडैले तथा पछेउरी च्यातियो तिमीले तानेर जस्ता चर्चित गीत गाएर मेलास्थललाई उत्सवमय बनाइन्। उनका गीतमा दर्शक नाच्न मात्र होइन, गीतका भावनामा डुब्नसमेत बाध्य देखिन्थे।

त्यसैगरी, गायक हेमन्त शर्माले आउँथ्यो दशैँ, फूल है भने रसाइ देऊ, परेली झिम झिम, थापन थापन हातैमा र नम्बरी सुन हो जस्ता सदाबहार गीत प्रस्तुत गर्दै दर्शकबाट लामो ताली बटुले। उनका गीतले कार्यक्रममा थप रौनक र आत्मीयता थपेको थियो।

कार्यक्रममा गायिका रुचा मगर ले धाङ्सी धाङ्बाङ मगरकी चेलीनबोल दाजु घुमार जस्ता गीतमार्फत दर्शकलाई नचाइन्। साथै बिमला मगर तथा सोनी डान्स ग्रुप का कलाकारहरूको आकर्षक नृत्य प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको सांस्कृतिक संयोजक गोपाल बुढा मगर ले जानकारी दिए।

मेलाअन्तर्गत सम्पन्न दोहोरी गीत प्रतियोगिता मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङ ‘बी’ र रेउघाली समाज दाङबीच रोचक प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङ ‘बी’ विजयी बनेको आयोजकले जनाएको छ।

पुस २५ गतेदेखि सुरु भएको माघे मेला–२०८२ माघ १० गतेसम्म सञ्चालन हुने छ। मेलाले दाङको सांस्कृतिक पहिचान, लोककला र स्थानीय प्रतिभाको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलिरहेको आयोजकको विश्वास छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...