Day: December 19, 2025

लमही सुनचाँदी पसलमा गोली प्रहार, एकजना पक्राउ

लमही सुनचाँदी पसलमा गोली प्रहार, एकजना पक्राउ

समाचार
दाङ । लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका लेखराज केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको हो। उनलाई नेपालगञ्जबाट पक्राउ गरी दाङ ल्याइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।...
राप्ती इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा र एआईबारे प्यानल डिस्कसन

राप्ती इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा र एआईबारे प्यानल डिस्कसन

प्रमुख समाचार, समाचार
दाङ । राप्ती इन्जिनियरिङ कलेजमा विद्यार्थी लक्षित समसामयिक प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ। कलेजको आईटी क्लबको आयोजनामा तथा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रममा साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (AI) र प्रविधिमा बढ्दो निर्भरता विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो। कार्यक्रममा आजको डिजिटल युगमा प्रविधिको बढ्दो प्रभावसँगै साइबर अपराध, डाटा चोरी, अनलाइन ठगीजस्ता जोखिमबारे सचेत गराइएको थियो। प्यानलिस्टहरूले सुरक्षित पासवर्ड, दुई-तह प्रमाणीकरण, सार्वजनिक Wi-Fi प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र व्यक्तिगत डाटा संरक्षणका उपायबारे व्यवहारिक जानकारी दिएका थिए। यस्तै, एआईले रोजगारीमा पार्ने प्रभावबारे छलफल गर्दै केही परम्परागत काम स्वचालित भए पनि नयाँ अवसर र सीपको माग बढ्दै गएको बताइएको थियो। एआईसँग सहकार्य गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता बढिरहेकोमा जोड दिइ...
उच्च अदालतको आदेशपछि रवि लामिछाने रिहा

उच्च अदालतको आदेशपछि रवि लामिछाने रिहा

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। उच्च अदालत बुटवलको आदेशअनुसार धरौटी बुझाएपछि उनी आज साँझ रुपन्देही कारागारबाट मुक्त भएका हुन्। बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर कागजी प्रक्रिया पूरा गरेपछि लामिछाने छुटेका हुन्। रिहाइपछि कारागार परिसरमा रास्वपाका नेता–कार्यकर्ताले नाराबाजी गर्दै खुसी व्यक्त गरेका छन्। सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो।...
नाउपाकी अध्यक्ष श्रेष्ठले बोलाइन् केन्द्रीय समिति बैठक

नाउपाकी अध्यक्ष श्रेष्ठले बोलाइन् केन्द्रीय समिति बैठक

पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट र आवश्यक मापदण्ड तय गर्न बैठक बोलाइएको उनले जानकारी दिइन्। पार्टी चुनावमा सहभागी हुने भएपछि उम्मेदवार चयनलगायत विषयमा केन्द्रीय समितिले निर्णय गर्ने बताइएको छ। रेशम चौधरी पार्टीबाट अलग भई नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेपछि यो पहिलो केन्द्रीय समिति बैठक हो। यसैबीच, नागरिक उन्मुक्ति पार्टी नेपालले पनि चुनावमा सहभागी हुने निर्णय गर्दै राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरी एउटै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरिसकेको छ।...
लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन टुर पुस ५ गतेदेखि, प्रदेशभर घुमाइने

लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन टुर पुस ५ गतेदेखि, प्रदेशभर घुमाइने

खेलकुद, समाचार
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सले पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ‘ट्रफी सेलिब्रेसन टुर’ सुरु गर्ने भएको छ। क्लबले सार्वजनिक गरेको कार्यक्रमअनुसार टुर बाँके र बर्दियाबाट सुरु भई पुस १५ गते रुपन्देहीमा पुगेर समापन हुनेछ। पहिलो दिन नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरिया र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ। टुर पुस ६ गते दाङको तुल्सिपुर–घोराही, पुस ७ गते रुकुमको रुकुमकोट–खलङ्गा, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौर, पुस ९ गते प्युठानको भिङ्ग्री–स्वर्गद्वारी हुँदै अगाडि बढ्नेछ। पुस १० गते विजुवार बरुङ्लादेखि भालुवाङसम्म ट्रफी यात्रा हुनेछ। त्यसैगरी पुस ११ गते कपिलवस्तु, पुस १२ गते अर्घाखाँची, पुस १३ गते गुल्मी, पुस १४ गते पाल्पा र पुस १५ गते नवलपरासी तथा रुपन्देहीमा ट्रफी सेलिब्रेसन टुर आयोजना गरिनेछ। पुस १६ गते ...
अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन फाल्गुन १–३ गते काठमाडौँमा हुने

अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन फाल्गुन १–३ गते काठमाडौँमा हुने

समाचार
काठमाडौँ - क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठकले सम्पन्न भएकाे छ । एकताको राष्ट्रिय सम्मेलन आगामी फाल्गुन १, २ र ३ गते काठमाडौँमा भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। काठमाडौँमा पौष १ र २ गते सम्पन्न बैठकमा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले सम्मेलनलाई सफल बनाउन आवश्यक तयारी, संगठनात्मक एकता र विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने विषयमा विभिन्न निर्णय गरेको जनाएको छ।...
रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभा पुस २६ गते

रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभा पुस २६ गते

राजनीति, समाचार
रुकुम पश्चिम - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले पुस २६ गते जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा जिल्ला स्तरीय एकता सन्देश सभा आयोजना गर्ने भएको छ। सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्नेछन्। बुधवार मुसिकोट–५ सेरिगाउँस्थित जिल्ला पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो। बैठकले स्थानीय तहसम्म संगठनात्मक एकीकरण अघि बढाउने, निर्वाचित जनप्रतिनिधिहरूको दलीय आबद्धता सनाखत गर्ने लगायत निर्णय गरेको जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ले जानकारी दिए ।...