लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन टुर पुस ५ गतेदेखि, प्रदेशभर घुमाइने

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सले पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ‘ट्रफी सेलिब्रेसन टुर’ सुरु गर्ने भएको छ।

क्लबले सार्वजनिक गरेको कार्यक्रमअनुसार टुर बाँके र बर्दियाबाट सुरु भई पुस १५ गते रुपन्देहीमा पुगेर समापन हुनेछ। पहिलो दिन नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरिया र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ।

टुर पुस ६ गते दाङको तुल्सिपुर–घोराही, पुस ७ गते रुकुमको रुकुमकोट–खलङ्गा, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौर, पुस ९ गते प्युठानको भिङ्ग्री–स्वर्गद्वारी हुँदै अगाडि बढ्नेछ। पुस १० गते विजुवार बरुङ्लादेखि भालुवाङसम्म ट्रफी यात्रा हुनेछ।

त्यसैगरी पुस ११ गते कपिलवस्तु, पुस १२ गते अर्घाखाँची, पुस १३ गते गुल्मी, पुस १४ गते पाल्पा र पुस १५ गते नवलपरासी तथा रुपन्देहीमा ट्रफी सेलिब्रेसन टुर आयोजना गरिनेछ। पुस १६ गते बुटवलमा विशेष टुरसहित मेगा कन्सर्ट पनि हुने जनाइएको छ।

एनपिएल फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो। प्रतियोगिताको क्रममा लुम्बिनीले विराटनगर किङ्स र काठमाडौँ गोर्खाजलाई पनि पराजित गरेको थियो।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...