काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट र आवश्यक मापदण्ड तय गर्न बैठक बोलाइएको उनले जानकारी दिइन्।
पार्टी चुनावमा सहभागी हुने भएपछि उम्मेदवार चयनलगायत विषयमा केन्द्रीय समितिले निर्णय गर्ने बताइएको छ। रेशम चौधरी पार्टीबाट अलग भई नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेपछि यो पहिलो केन्द्रीय समिति बैठक हो।
यसैबीच, नागरिक उन्मुक्ति पार्टी नेपालले पनि चुनावमा सहभागी हुने निर्णय गर्दै राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरी एउटै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरिसकेको छ।