राप्ती इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा र एआईबारे प्यानल डिस्कसन

दाङ । राप्ती इन्जिनियरिङ कलेजमा विद्यार्थी लक्षित समसामयिक प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ। कलेजको आईटी क्लबको आयोजनामा तथा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रममा साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (AI) र प्रविधिमा बढ्दो निर्भरता विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।

कार्यक्रममा आजको डिजिटल युगमा प्रविधिको बढ्दो प्रभावसँगै साइबर अपराध, डाटा चोरी, अनलाइन ठगीजस्ता जोखिमबारे सचेत गराइएको थियो। प्यानलिस्टहरूले सुरक्षित पासवर्ड, दुई-तह प्रमाणीकरण, सार्वजनिक Wi-Fi प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र व्यक्तिगत डाटा संरक्षणका उपायबारे व्यवहारिक जानकारी दिएका थिए।

यस्तै, एआईले रोजगारीमा पार्ने प्रभावबारे छलफल गर्दै केही परम्परागत काम स्वचालित भए पनि नयाँ अवसर र सीपको माग बढ्दै गएको बताइएको थियो। एआईसँग सहकार्य गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता बढिरहेकोमा जोड दिइयो।

कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कलेज प्रशासन तथा शैक्षिक नेतृत्वको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...