काठमाडौँ – क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठकले सम्पन्न भएकाे छ । एकताको राष्ट्रिय सम्मेलन आगामी फाल्गुन १, २ र ३ गते काठमाडौँमा भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ।
काठमाडौँमा पौष १ र २ गते सम्पन्न बैठकमा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले सम्मेलनलाई सफल बनाउन आवश्यक तयारी, संगठनात्मक एकता र विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने विषयमा विभिन्न निर्णय गरेको जनाएको छ।