रुकुम पश्चिम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले पुस २६ गते जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा जिल्ला स्तरीय एकता सन्देश सभा आयोजना गर्ने भएको छ। सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्नेछन्।
बुधवार मुसिकोट–५ सेरिगाउँस्थित जिल्ला पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो। बैठकले स्थानीय तहसम्म संगठनात्मक एकीकरण अघि बढाउने, निर्वाचित जनप्रतिनिधिहरूको दलीय आबद्धता सनाखत गर्ने लगायत निर्णय गरेको जिल्ला संयोजक गोविन्द रोका ‘सचिन’ले जानकारी दिए ।