घोराहीमा अखिल नेपाल महिला संगठनको दोस्रो बैठक सम्पन्न, नगर सम्मेलनको तयारी तीव्र
दाङ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला संगठन घोराही नगरकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।
जागरा सरूको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी सजक तथा रुकुम जिल्ला सेक्रेटरी सोम्पाल कामीको आतिथ्यता रहेको थियो। बैठकको सहजीकरण जिल्ला सदस्य नरेन्द्रले गरेका थिए।
बैठकले आगामी भदौको पहिलो साताभित्र घोराही नगर सम्मेलन आयोजना गर्ने निर्णय गर्दै जागरा सरूकै अध्यक्षतामा १३ सदस्यीय नगर सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिलाई सम्मेलन सफल बनाउन आवश्यक तयारी, संगठन विस्तार तथा वडा तहसम्म अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।
बैठकलाई प्रशिक्षणात्मक सम्बोधन गर्दै नेकपा (बहुमत)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी सजकले मिटरब्याज, शोषण, अन्याय र विभेदबाट पीडित महिलाहरूलाई संगठित गर्दै वर्गसंघर्षमा सक्रिय भूमिका निर्वाह ...



