गढवामा १३ फिट लामो अजिङ्गरको आक्रमण, बाख्रा मरेपछि स्थानीय त्रसित

दाङ । देउखुरीको गढवा गाउँपालिका–७ शान्तिपुरस्थित चन्दनपुर सामुदायिक वन क्षेत्रमा अजिङ्गर सर्पले बाख्रामाथि आक्रमण गरेपछि स्थानीयवासी त्रसित बनेका छन्।

सोमबार दिउँसो बाख्रा चराइरहेको क्रममा करिब १३ फिट लामो र ३० किलोभन्दा बढी तौल भएको अजिङ्गरले एक्कासी बाख्रालाई बेरेको थियो। घटना देखेपछि स्थानीयले तत्काल डिभिजन वन कार्यालय देउखुरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि वन कार्यालयको टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा अजिङ्गरलाई सकुशल उद्धार गरी सुरक्षित रूपमा डिभिजन वन कार्यालय देउखुरीको जिम्मा लगाएको जनाएको छ।

अजिङ्गरको आक्रमणबाट गढवा गाउँपालिका–७ शान्तिपुर निवासी सरिता बुढाथोकीको बाख्रा मरेको छ। वन क्षेत्र आसपासमा यस्ता वन्यजन्तुको गतिविधि बढ्न सक्ने भएकाले सतर्क रहन सम्बन्धित निकायले स्थानीयलाई आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...