घोराहीमा अखिल नेपाल महिला संगठनको दोस्रो बैठक सम्पन्न, नगर सम्मेलनको तयारी तीव्र

दाङ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला संगठन घोराही नगरकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

जागरा सरूको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी सजक तथा रुकुम जिल्ला सेक्रेटरी सोम्पाल कामीको आतिथ्यता रहेको थियो। बैठकको सहजीकरण जिल्ला सदस्य नरेन्द्रले गरेका थिए।

बैठकले आगामी भदौको पहिलो साताभित्र घोराही नगर सम्मेलन आयोजना गर्ने निर्णय गर्दै जागरा सरूकै अध्यक्षतामा १३ सदस्यीय नगर सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिलाई सम्मेलन सफल बनाउन आवश्यक तयारी, संगठन विस्तार तथा वडा तहसम्म अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

बैठकलाई प्रशिक्षणात्मक सम्बोधन गर्दै नेकपा (बहुमत)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी सजकले मिटरब्याज, शोषण, अन्याय र विभेदबाट पीडित महिलाहरूलाई संगठित गर्दै वर्गसंघर्षमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले समाजमा अझै पनि छोरी–छोरीबीच भेदभाव, महिलामाथि हुने हिंसा, आर्थिक शोषण तथा सामाजिक विभेद कायम रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि महिलाहरू अग्रपङ्क्तिमा उभिनुपर्ने धारणा राखे।

उनले महिलाको मुक्ति केवल कानुनी व्यवस्थाले मात्र सम्भव नहुने भन्दै राजनीतिक चेतना, संगठन निर्माण र संघर्षमार्फत समानता र अधिकार सुनिश्चित गर्न सकिने बताए। मिटरब्याजबाट पीडित, श्रमिक तथा उत्पीडित महिलालाई संगठित गरी अन्यायविरुद्ध आवाज उठाउन संगठनले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

बैठकमा संगठन सुदृढीकरण, नयाँ सदस्यता विस्तार, आगामी नगर सम्मेलनको तयारी तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...