लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न नेकपा (बहुमत) को माग
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतीय सैनिक उपस्थितिको कडा विरोध गर्दै तत्काल सेना फिर्ता गर्न माग गरेको छ।
पार्टीका महासचिव कञ्चनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न र क्षेत्रिय विवादको बीउ नरोप्न भारत सरकारलाई आग्रह गर्नुभएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, भारत र चीनबीच सन् २०२६ जुनदेखि लिपुलेक नाकाबाट तीर्थयात्रा, यातायात र व्यापारिक प्रयोजनका लागि सडक सञ्चालन गर्ने सहमति भएको विषयप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ: भारतले लामो समयदेखि कुटी, गुञ्जी, नाभी लगायतका नेपाली गाउँ र लिपुलेक क्षेत्रमा अतिक्रमण गरिरहेको छ। नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै भारतले ती क्षेत्रबाट आफ्नो सेना हटाउनुपर्छ।...
