पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयाे धम्की

बुटवल : पाल्पाको तिनाउ गाउँपालिकामा सेवाग्राही आवेदकले सार्वजनिक चासोको बिषय संग सम्बन्धित रहेको संविधानमा रहेको सुचनाकाे हक संग सम्बन्धित रहेर दिईएकाे निवेदन अनुसार सुचना नै नदिई कर्मचारीहरुले धाकधम्कि दिएको रहस्य खुलेको छ ।

सेवाग्राहीले ६ महिना अगाडि दिएको निवेदन पटकपटक गाउँपालिका जाँदा र फाेन संवाद गर्दा समेत आजकाे मिति सम्म लगातार पाँच पटक कार्यलय मै स्वयम् उपस्थित भएर माग गर्दा समेत सुचना उपलब्ध नगराई उल्टै धाकधम्कि दिईएकाे छ ।

आवेदकले पटक पटक सुचना माग गरि उपलब्ध गराई दिनु भन्दा `हामी दिन सक्दैनौं जे मन लाग्छ गर्नुस् माथिल्लो निकायमा जानुस्´ लिन भनी जस्ता धाकधम्की समेत दिएको पाईएकाे छ ।

लेखामा कार्यरत अधिकृत, सुचना अधिकारी र कार्यालय प्रमुख मिलेर उक्त कार्य गरिएको सेवाग्राहीले गुनासो गरेका छन् ।

६-६ महिना सम्म उपलब्ध भएन सुचना

आवेदकले छ महिना अगाडि दर्ता गराएको सुचना आजकाे मिति सम्म उपलब्ध गराएको छैन् ।

सेवाग्राहीले निवेदन दर्ता गराएकाे निमित्त कार्यालय प्रमुख तथा सुचना अधिकारी लक्ष्मी कुँवरले कार्यालय प्रमुख बिदाबाट आए लगत्तै साेधेर खाेजेर उपलब्ध गराउछु भनी प्रतिबद्धता व्यक्त गरेकि थिईन् ।

तर उनलेे पछि पटकपटक फाेन गर्दा कहिले फाेन नउठाउने, फाेन उठाई हाले उपलब्ध गराउछु भन्ने तर नदिने गरेकाे गुनासो सेवाग्राहीले गरे ।

कार्यलयमा पाँच पाँच पटक धाउदा, दर्जन पटक कल गर्दा समेत उपलब्ध नगराएको सेवाग्राहीले गुनासो गरे ।

विद्यालयमा संघसंस्था सम्बन्धि बारे केही बर्ष अगाडि सर्वदलीय बैठक बसि गरिएको निर्णयकाे प्रतिलिपी सुचना संविधानकाे धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा १ बमोजिम माग गरिएको थियोे ।

कार्यालयमा जाँदा माेबाईल अफ गरेर बेपत्ता हुने, भेटि हालेमा कार्यलय प्रमुखलाई साेधेर दिन्छु भन्ने तर सुचना उपलब्ध नगराई ढिलासुस्ती गरेको गुनासो गरेका छन् ।

सेवाग्राहीलाई प्रलोभन

सेवाग्राहीले पटकपटक ताकेता गरे पछि लेखा अधिकृत शंकर पुरि र कार्यालय प्रमुख दिनेश सारु मिलेर तपाईंलाई के चाहिएको भन्दै एकल स्थानमा लगि प्रलोभन दिने प्रयास गरेको बताए ।

सेवाग्राहीका अनुसार कार्यालय प्रमुख दिनेश सारुले कार्यकक्ष मै दुई दुई पटक, लेखा अधिकृत शंकर पुरिले अध्यक्षकाे कार्यकक्ष उता एकपटक एकान्तमा राखेर प्रलोभन दिने प्रयास गरिएको बताए ।

आफु कुनै प्रलोभन र आस्पासनमा नफसि निर्भीकताका साथ आफ्नाे काम जे हाे त्यो समयमा काम गरिदिन आग्रह गरेको बताए ।

कार्यालय प्रमुख दिनेश सारुले सेवाग्राही कार्यलयमा गई कार्य सम्पादन के भयो भनी साेध्दा फाेनबाट उनलेे तपाईंलाई चाहिएको के भनी साेधे सेवाग्राहीले मलाई मेरो सुचनाकाे हक र मेरो कागजात चाहियो भनी भनेपछि दस मिनेटमा उपलब्ध गराउछु भने त्यसपछि कार्यकक्षमा भेट्दा दस मिनेट के उल्टै प्रलोभन र धम्की दिएकाे सेवाग्राहीले बताएका छन्

लेखा र कार्यालय प्रमुख मिलेर धम्की

सेवाग्राहीका अनुसार मिति २०८३ जेठ २८ र २९ गते लगातार चाैथाे र पाचौं पटक कार्यालयमा जाँदा समेत सुचना उपलब्ध नगराए पछि तपाईंले कित दिन्छु भन्नुस् कित दिन्न भन्नुस् छ महिना सम्म नदिनुकाे कारण के ? सेवाग्राहीलाई अनावश्यक दुख दिनु काे कारण के ? सबै सेवाग्राहीलाई यस्तै दुख हुन्छ त यहीँ हाे सर सुशासन ? हामीले सुशासनको अनुभुति कसरी गर्ने ? भनी साेध्दा लेखाका अधिकृत शंकर पुरी र कार्यलय प्रमुख दिनेश सारु मिलेर पालैपालो हामीले पनि बुझेका छम्, जानेका छम् चिनेका छम् हामीले दिदैनाैं तपाईं माथिल्लो निकाय जानुस् जे गर्न मन गर्नुस् भनी धम्की दिएको गुनासो सेवाग्राहीले गरे ।

सेवाग्राहीले भने सर हामीले चाहेको सुशासन यस्तो हाेर ? तपाईंहरु नागरिक प्रति जवाफदेही नभएको काे हुन्छ त ? यतिका महिना सम्म पटकपटक म कार्यालय आए कल गरे अहिलेसम्म सुचना उपलब्ध हुदैन् हामीले कस्तो सुशासनको अपेक्षा गर्ने ? भनी प्रश्न गर्दा जवाफ नदिएको समेत बताए । उल्टै हामीले हाम्रो ठाउँमा जवाफ दिन्छौं तपाईं माथिल्लो तहमा जानुस् भनी धम्की दिएकाे बताए । माथिल्लो निकाय कहाँ हाे ? पत्र बनाई दिनुस् म जान्छु । भन्दा फेरि जवाफ नदिएको समेत बताए ।

सुशासन मै कर्मचारी बाधक

सेवाग्राहीका अनुसार हामीले यस्तो सुशासनको अपेक्षा गरेका थिएनौं ! कर्मचारीकाे प्रवृत्ति हिजो देखि अहिलेसम्म उस्तै दुरुस्तै कायम रहेको उनलेे बताए ।

हिजो प्रजातन्त्र, लाेकतन्त्र, गणतन्त्र जे ल्याए पनि कर्मचारीतन्त्रले नै सबै बिगारेको, सुशासन र नागरिक सेवामा कर्मचारी नै जटिल र बाधक बनेर आएकाे आराेप समेत उनलेे लगाए ।

उनले भने हिजो पुराना दललाई घुमाए पढेका छैनन् भनेर, आज नयाँ दललाई समेत हामीले नै हाे गर्ने भनेर धाक धम्की दिएर नागरिकलाई दुख दिन थालिएको समेत बताए ।

उनलेे भने जुन सरकार आए पनि कर्मचारी कै तलव भत्ता बढ्ने जनतालाई कानुन र विधिको कुरा देखाएर तर्साउने प्रवृत्ति रहेको उनलेे गुनासो गरे । हामीले हिजो जस्तै आज पनि महङ्गि र प्रवृत्ति नदाेहाेरियाेस् भन्ने हाम्रो चाहना हाे । तर एउटा कामको लागि छ छ महिना धाउनु पर्छ भने हामीले चाहेको कस्तो सुशासन हाे ? उनलेे भने । हामीले नागरिक प्रति जवाफदेही हाेस्, सुशासन हाेस्, धाक धम्की प्रलोभन बन्द हाेस्, छिटोछरितो काम हाेस् भनेर भन्दा हामीलाई उल्टै दुख त भयो भयो उल्टो धाक धम्की दिने कुराले पिडा भएको समेत बताए ।

अहिले वास्तवमा साेच्दा कर्मचारी नै सुशासनका बाधक रहेछन् अब हिजो राणा शीत, राजा सित, दल शीत लडियाे कर्मचारी शीत लड्नु पर्ने अवस्था सिर्जना भएको हाेकि भन्ने भान हुन थालेको उनलेे बताए । किन कि जुन सरकार आए कलम घुमाउने नाममा साेझासाझा नागरिकलाई फेरि दुख दिन थालिएको समेत उनलेे बताए ।

छुटाउनुभयो कि ?

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

​भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८३...
विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

काठमाडौं — विद्यार्थी संगठन नेपाल केन्द्रीय समितिले कुनै पनि राजनीतिक शक्तिसँग सम्झौता नगरी विद्यार्थी अधिकार, राष्ट्रियता, जनतन...
फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले रास्वपाका सांसद विपिन आचार्य प्रति सार्वजनिक रूपमा असन्तुष्टि जना...
आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं — आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान त...