कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ।

शैक्षिक सत्र २०८३ साल वैशाखमा सञ्चालन भएको परीक्षाको नतिजा बोर्डको निर्णयानुसार सार्वजनिक गरिएको हो।

​परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएकोमा ५४.१३ प्रतिशत (२ लाख ६८ हजार १९० जना) मात्र उत्तीर्ण भएका छन्।

विवरण अनुसार नियमिततर्फ ५९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

​परीक्षामा अमर्यादित कार्य गर्ने ४० जनाको परीक्षा रद्द गरिएको छ भने २ जनालाई थप एक वर्ष बोर्डको परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

​परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट, तथा १६०० मा एसएमएस (SMS) वा १६०१ मा डायल (IVR/USSD) गरेर नतिजा हेर्न सक्नेछन्।

नतिजामा चित्त नबुझेमा प्रतिविषय १ हजार रुपैयाँ दस्तुर तिरेर असार ६ गतेदेखि १२ गतेभित्र अनलाइन मार्फत पुनर्योग (Retotaling) का लागि आवेदन दिन सकिने बोर्डले जनाएको छ।

छुटाउनुभयो कि ?

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

​भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८३...
विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

काठमाडौं — विद्यार्थी संगठन नेपाल केन्द्रीय समितिले कुनै पनि राजनीतिक शक्तिसँग सम्झौता नगरी विद्यार्थी अधिकार, राष्ट्रियता, जनतन...
फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले रास्वपाका सांसद विपिन आचार्य प्रति सार्वजनिक रूपमा असन्तुष्टि जना...
आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं — आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान त...