दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले रास्वपाका सांसद विपिन आचार्य प्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले सांसदलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको र भेटका लागि समय माग्दा समेत चार दिनसम्म कुनै प्रतिक्रिया नआएको आरोप लगाएका छन्।
उनले चुनावताका जनतामाझ रहने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जनताबाट टाढिन खोजेको टिप्पणी गरेका छन्।
शाहले जनप्रतिनिधि जनतासँग नजिक रहनुपर्ने भन्दै जनताको अपेक्षा विपरीत व्यवहार नगर्न चेतावनीसमेत दिएका छन्।