काठमाडौं — आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसहित बागमती र गण्डकीका केही तराई भूभागमा तातो दिनको प्रभाव रहने सम्भावना छ।
आज राति कोशी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा राति पनि चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।