Day: June 18, 2026

फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले रास्वपाका सांसद विपिन आचार्य प्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले सांसदलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको र भेटका लागि समय माग्दा समेत चार दिनसम्म कुनै प्रतिक्रिया नआएको आरोप लगाएका छन्। उनले चुनावताका जनतामाझ रहने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जनताबाट टाढिन खोजेको टिप्पणी गरेका छन्। शाहले जनप्रतिनिधि जनतासँग नजिक रहनुपर्ने भन्दै जनताको अपेक्षा विपरीत व्यवहार नगर्न चेतावनीसमेत दिएका छन्।...
आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं — आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसहित बागमती र गण्डकीका केही तराई भूभागमा तातो दिनको प्रभाव रहने सम्भावना छ। आज राति कोशी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा राति पनि चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।...