उमर खानको दाबी– रोहिङ्ग्यालाई सहयोग गरेको हो, कानुनी छानबिनका लागि तयार छु

रोहिङ्ग्या शरणार्थीसँग सम्बन्धित आरोपका विषयमा उमर खानले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफूले रोहिङ्ग्या समुदायलाई मानवीय सहयोग गरेको र पाकिस्तान तथा बंगलादेशप्रति समर्थन जनाउँदै बोलेको स्वीकार गरेका छन्।

आफूमाथि नेपालमा रोहिङ्ग्या बसोबास गराउन भूमिका खेलेको आरोप लाग्दै आएको उल्लेख गर्दै उनले आरोप सत्य प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्।

साथै, निष्पक्ष छानबिनको माग गर्दै आवश्यक परे प्रहरीसमक्ष उपस्थित हुन पनि तयार रहेको उनको भनाइ छ।

उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई मानवीय सहयोगसँग जोडेर हेरेका छन् भने केहीले आरोपबारे गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन्।

हालसम्म सम्बन्धित निकायबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।

छुटाउनुभयो कि ?

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

​भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८३...
विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

काठमाडौं — विद्यार्थी संगठन नेपाल केन्द्रीय समितिले कुनै पनि राजनीतिक शक्तिसँग सम्झौता नगरी विद्यार्थी अधिकार, राष्ट्रियता, जनतन...
फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले रास्वपाका सांसद विपिन आचार्य प्रति सार्वजनिक रूपमा असन्तुष्टि जना...
आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं — आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान त...