Day: June 17, 2026

उमर खानको दाबी– रोहिङ्ग्यालाई सहयोग गरेको हो, कानुनी छानबिनका लागि तयार छु

उमर खानको दाबी– रोहिङ्ग्यालाई सहयोग गरेको हो, कानुनी छानबिनका लागि तयार छु

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
रोहिङ्ग्या शरणार्थीसँग सम्बन्धित आरोपका विषयमा उमर खानले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले रोहिङ्ग्या समुदायलाई मानवीय सहयोग गरेको र पाकिस्तान तथा बंगलादेशप्रति समर्थन जनाउँदै बोलेको स्वीकार गरेका छन्। आफूमाथि नेपालमा रोहिङ्ग्या बसोबास गराउन भूमिका खेलेको आरोप लाग्दै आएको उल्लेख गर्दै उनले आरोप सत्य प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्। साथै, निष्पक्ष छानबिनको माग गर्दै आवश्यक परे प्रहरीसमक्ष उपस्थित हुन पनि तयार रहेको उनको भनाइ छ। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई मानवीय सहयोगसँग जोडेर हेरेका छन् भने केहीले आरोपबारे गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन्। हालसम्म सम्बन्धित निकायबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।...
खुकुरी देखाएर युवती माथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ

खुकुरी देखाएर युवती माथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उनको घरबाट पक्राउ गरेको हो। पक्राउका क्रममा प्रहरीले उनको साथबाट विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेट बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको छ। पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।...