टेम्पो खसालिएको घटनामा माओवादीको आपत्ति, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग

काठमाडौं – गाैरव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कैलालीको गोदावरी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीद्वारा टेम्पो भिरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनाले गरिब तथा श्रमिक वर्गमाथि अन्याय भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको हो।

विज्ञप्तिमा वर्षौंदेखि मेहनत गरेर जीविकोपार्जन गरिरहेको एक गरिब परिवारको टेम्पो भिरबाट खसालिनु केवल सवारी साधनको क्षति नभई परिवारको भविष्य र आशामाथिको प्रहार भएको उल्लेख गरिएको छ। “सामान नझार्न अनुरोध गर्दै पीडित परिवारले बिन्ती गर्दा पनि कसैले नसुनेको” दाबी गर्दै पार्टीले राज्यका निकायले गरिब नागरिकको संरक्षण गर्नुको सट्टा पीडा थपेको आरोप लगाएको छ।

माओवादीले घटनामा संलग्न वन कार्यालयका जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा निजी सम्पत्तिमाथि भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

छुटाउनुभयो कि ?

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

​भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८३...
विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

काठमाडौं — विद्यार्थी संगठन नेपाल केन्द्रीय समितिले कुनै पनि राजनीतिक शक्तिसँग सम्झौता नगरी विद्यार्थी अधिकार, राष्ट्रियता, जनतन...
फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले रास्वपाका सांसद विपिन आचार्य प्रति सार्वजनिक रूपमा असन्तुष्टि जना...
आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं — आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान त...