Day: June 15, 2026

टेम्पो खसालिएको घटनामा माओवादीको आपत्ति, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग

टेम्पो खसालिएको घटनामा माओवादीको आपत्ति, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं – गाैरव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले कैलालीको गोदावरी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीद्वारा टेम्पो भिरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनाले गरिब तथा श्रमिक वर्गमाथि अन्याय भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको हो। विज्ञप्तिमा वर्षौंदेखि मेहनत गरेर जीविकोपार्जन गरिरहेको एक गरिब परिवारको टेम्पो भिरबाट खसालिनु केवल सवारी साधनको क्षति नभई परिवारको भविष्य र आशामाथिको प्रहार भएको उल्लेख गरिएको छ। “सामान नझार्न अनुरोध गर्दै पीडित परिवारले बिन्ती गर्दा पनि कसैले नसुनेको” दाबी गर्दै पार्टीले राज्यका निकायले गरिब नागरिकको संरक्षण गर्नुको सट्टा पीडा थपेको आरोप लगाएको छ। माओवादीले घटनामा संलग्न वन कार्यालयका जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध ग...