खुकुरी देखाएर युवती माथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ

दाङ । सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले उनको घरबाट पक्राउ गरेको हो।

पक्राउका क्रममा प्रहरीले उनको साथबाट विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेट बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको छ।

पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल प्रकाशित: ५४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

​भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८३...
विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

विद्यार्थी संगठन नेपालले गर्‍यो स्वतन्त्र राजनीतिक यात्राको घोषणा

काठमाडौं — विद्यार्थी संगठन नेपाल केन्द्रीय समितिले कुनै पनि राजनीतिक शक्तिसँग सम्झौता नगरी विद्यार्थी अधिकार, राष्ट्रियता, जनतन...
फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

फोन नउठाएको भन्दै रास्वपा सांसद विपिन आचार्य प्रति वडा अध्यक्ष शाहको असन्तुष्टि

दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले रास्वपाका सांसद विपिन आचार्य प्रति सार्वजनिक रूपमा असन्तुष्टि जना...
आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

आज पहाडमा वर्षा, तराईका केही क्षेत्रमा गर्मी बढ्ने

काठमाडौं — आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान त...