दाङ । घोराही उप-महानगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। अभिभावकहरूको मागलाई सम्बोधन गर्दै नगर कार्यपालिकाले साविक बमोजिम नै आइतबारदेखि शुक्रबारसम्म विद्यालय खोल्न निर्देशन दिएको हो।
शिक्षा अधिकृत भवानी गिरीका अनुसार वैशाख २१ गतेको निर्णयानुसार अब उप-महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू साताको ६ दिन नै सञ्चालन हुनेछन्।