दाङ – लुम्बिनी प्रदेश सरकारले असार १ गते सोमबारका दिन भूम्या पूजाको अवसरमा प्रदेशका चारवटा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचना अनुसार, प्रदेश राजपत्रको व्यवस्था बमोजिम रोल्पा, दाङ, प्यूठान र रुकुम (पूर्वी भाग) मा भूम्या पूजा मनाउने समुदायका लागि मात्र यो सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यद्वारा हस्ताक्षरित सो सूचना जेठ २८ गते सार्वजनिक गरिएको थियो।