Day: June 12, 2026

भूम्या पूजाको अवसरमा लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

भूम्या पूजाको अवसरमा लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, समाज
​दाङ - लुम्बिनी प्रदेश सरकारले असार १ गते सोमबारका दिन भूम्या पूजाको अवसरमा प्रदेशका चारवटा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ। ​आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचना अनुसार, प्रदेश राजपत्रको व्यवस्था बमोजिम रोल्पा, दाङ, प्यूठान र रुकुम (पूर्वी भाग) मा भूम्या पूजा मनाउने समुदायका लागि मात्र यो सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। ​मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यद्वारा हस्ताक्षरित सो सूचना जेठ २८ गते सार्वजनिक गरिएको थियो।...
सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको विरोधपछि फिर्ता

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको विरोधपछि फिर्ता

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्। स्थानीय बासिन्दाले होहल्ला गर्दै प्रतिकार गरेपछि भारतीय टोली फिर्ता गएको जनाइएको छ। स्थानीयका अनुसार सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना भए पनि कुनै अप्रिय घटना भने भएको छैन। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले घटनाबारे जानकारी पाएको र स्थलगत रूपमा बुझ्न जाने बताएका छन्। यसअघि पनि सोही क्षेत्रमा तटबन्ध निर्माणका विषयलाई लिएर भारतीय पक्षले अवरोध गरेको स्थानीयको दाबी छ।...