नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
स्थानीय बासिन्दाले होहल्ला गर्दै प्रतिकार गरेपछि भारतीय टोली फिर्ता गएको जनाइएको छ।
स्थानीयका अनुसार सीमा क्षेत्रमा केहीबेर तनावको अवस्था सिर्जना भए पनि कुनै अप्रिय घटना भने भएको छैन।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले घटनाबारे जानकारी पाएको र स्थलगत रूपमा बुझ्न जाने बताएका छन्।
यसअघि पनि सोही क्षेत्रमा तटबन्ध निर्माणका विषयलाई लिएर भारतीय पक्षले अवरोध गरेको स्थानीयको दाबी छ।