लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न नेकपा (बहुमत) को माग


नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतीय सैनिक उपस्थितिको कडा विरोध गर्दै तत्काल सेना फिर्ता गर्न माग गरेको छ।

​पार्टीका महासचिव कञ्चनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न र क्षेत्रिय विवादको बीउ नरोप्न भारत सरकारलाई आग्रह गर्नुभएको हो।

​विज्ञप्तिमा उल्लेख भएअनुसार, भारत र चीनबीच सन् २०२६ जुनदेखि लिपुलेक नाकाबाट तीर्थयात्रा, यातायात र व्यापारिक प्रयोजनका लागि सडक सञ्चालन गर्ने सहमति भएको विषयप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ: भारतले लामो समयदेखि कुटी, गुञ्जी, नाभी लगायतका नेपाली गाउँ र लिपुलेक क्षेत्रमा अतिक्रमण गरिरहेको छ। नेपालको सार्वभौमसत्ताको सम्मान गर्दै भारतले ती क्षेत्रबाट आफ्नो सेना हटाउनुपर्छ।

छुटाउनुभयो कि ?

पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयाे धम्की

पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयाे धम्की

बुटवल : पाल्पाको तिनाउ गाउँपालिकामा सेवाग्राही आवेदकले सार्वजनिक चासोको बिषय संग सम्बन्धित रहेको संविधानमा रहेको सुचनाकाे हक संग...
भूम्या पूजाको अवसरमा लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

भूम्या पूजाको अवसरमा लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

​दाङ - लुम्बिनी प्रदेश सरकारले असार १ गते सोमबारका दिन भूम्या पूजाको अवसरमा प्रदेशका चारवटा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।...
सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको विरोधपछि फिर्ता

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको विरोधपछि फिर्ता

नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।...
उच्च अदालतको आदेशपछि घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाह पदमा पुनर्बहाल

उच्च अदालतको आदेशपछि घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाह पदमा पुनर्बहाल

दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई उच्च अदालत तुलसीपुरले पुनर्बहाली गर्ने आदेश दिएको छ। अदालतको आदे...