इरानसँग वार्ता सकारात्मक, पाँच दिन आक्रमण रोक्ने ट्रम्पको घोषणा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग भएको पछिल्लो वार्ता सकारात्मक भएको दाबी गर्दै इरानविरुद्ध जारी सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय गरिएको बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएन का अनुसार ट्रम्पले इरानी अधिकारीहरूसँग भएको छलफलपछि केही समयका लागि तनाव कम गर्ने सहमति बनेको जानकारी दिएका हुन्।
यसअघि ट्रम्पले स्ट्रेट अफ हर्मुज तत्काल खुला नगरिए इरानका प्रमुख ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए। तर पछिल्लो वार्तापछि कूटनीतिक प्रयासलाई अवसर दिन पाँच दिनसम्म कुनै सैन्य कारबाही नगर्ने निर्णय गरिएको उनले बताएका छन्।
अमेरिका र इरानबीच बढ्दो तनावका बीच आएको यो निर्णयलाई परिस्थिती सहज बनाउन गरिएको अस्थायी कदमका रूपमा हेरिएको छ।...




