Day: March 21, 2026

एमसीसी पास र एसपीपी बहसबीच सि जिनपिङको पुस्तक जलाइनु शंकास्पद :  नेकपा (बहुमत)

एमसीसी पास र एसपीपी बहसबीच सि जिनपिङको पुस्तक जलाइनु शंकास्पद : नेकपा (बहुमत)

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले एमसीसी पास भइसकेको तथा एसपीपी सम्बन्धी बहस चलिरहेका बेला सि जिनपिङ को पुस्तक जलाइएको घटनालाई शंकास्पद भएको बताएको छ। पार्टीले नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको भन्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुनु र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी बहस चलिरहेका बेला यस्तो घटना हुनु संयोग मात्र नभएको जनाएको छ। पार्टीले बिज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय शक्ति संघर्षको असर नेपालमा देखिन थालेको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न र सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिएको छ। पार्टीले पछिल्लो समय विश्व राजनीतिमा बढ्दै गएको शक्ति प्रतिस्पर्धाको प्रभाव साना मुलुकहरूमाथि पर्न थालेको उल्लेख गर्दै नेपाललाई कूटनीतिक द्वन्द्वको मैदान बनाउन खोजिएको आशंका व्यक्त गरेको छ।यस्ता गतिविधिले नेपालको असंलग्न परराष्ट्र नीतिमा समेत नकारात्म...
लुम्बिनी प्रदेशस्तरीय महोत्सव  टिकटक जोनमा ढिकीदेखि जातोसम्म

लुम्बिनी प्रदेशस्तरीय महोत्सव टिकटक जोनमा ढिकीदेखि जातोसम्म

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
घोराही, ७ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा टिकटक जोन निर्माण गरिएको छ । महोत्सवमा विशेष आकर्षणको रुपमा परम्परा र पहिचान टिकटक जोन निर्माण गरिएको हो । टिकटक जोनमा पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतोलगायत परम्परागत कृषि औजार तथा घरेलु उद्योगका साधन प्रदर्शन गरिएको छ । जसमा टिकटक बनाउनका लागि दर्शकहरुको आकर्षण रहने गरेको छ । जोनमा पुरानो जीवनशैली, संस्कृति र मौलिक पहिचानलाई झल्काउने सामग्रीहरु प्रदर्शनका लागि राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखि चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा निर्माण गरिएको टिकटक जोनमा भिडियो बनाउनका लागि...
तुलसीपुरमा जातीय विभेद उन्मूलन दिवस, कानुनी सचेतना कार्यक्रम

तुलसीपुरमा जातीय विभेद उन्मूलन दिवस, कानुनी सचेतना कार्यक्रम

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार
दाङ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका–११ मा कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तुलसीपुर उपमहानगरपालिका र वडा नम्बर ११ को आयोजनामा दलित तथा गैरदलित समुदायका सहभागीबीच कार्यक्रम गरिएको हो। वडाध्यक्ष मानबहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले विभेदमुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। उनले दलित सशक्तिकरणसम्बन्धी ऐन कार्यान्वयनलाई वडा तहसम्म प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा अधिवक्ता मोहन धितालले जातीय विभेद तथा छुवाछुतविरुद्धका कानुनी व्यवस्था, संविधानले दिएको समानताको अधिकार र न्याय प्राप्त गर्ने प्रक्रियाबारे जानकारी गराएका थिए। प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, अधिकारकर्मी निर्मल नेपाली, खेम विश्वकर्मा, बच्चु पर...
मध्यपहाडी लोकमार्गमा भारी हिमपात, दर्जनौँ सवारी र यात्रु अलपत्र

मध्यपहाडी लोकमार्गमा भारी हिमपात, दर्जनौँ सवारी र यात्रु अलपत्र

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका १ मा गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण लोकमार्ग अन्तरगतको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेका छन् । उक्त सडकखण्ड भएर ओहोरदोहोर गर्ने काठमाडौंबाट छुटेका रात्रिबसहरू फसेको छन् । त्यस्तै हिमपातले २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । त्यहाँ अहिले पनि निरन्तर वर्षा र हिमपात जारी रहेको छ ।...
कोइरालाको स्मृतिमा कांग्रेसका कार्यक्रम, शान्ति प्रक्रिया सम्झिँदै १६ औँ स्मृति दिवस मनाइँदै

कोइरालाको स्मृतिमा कांग्रेसका कार्यक्रम, शान्ति प्रक्रिया सम्झिँदै १६ औँ स्मृति दिवस मनाइँदै

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला को १६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कांग्रेस तथा भ्रातृ-शुभेच्छुक संस्थाहरूले शान्ति प्रक्रिया, लोकतान्त्रिक आन्दोलन र गणतन्त्र स्थापनामा कोइरालाले खेलेको भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उनले माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनामा निर्णायक भूमिका खेलेका नेता मानिन्छन्। २०५९ सालपछि तत्कालीन राजा ज्ञानेन्द्र ले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लाई पदबाट हटाएपछि सुरु भएको आन्दोलनमा कोइरालाले दलहरूलाई एकजुट गर्दै नेतृत्व गरेका थिए। २०६३ वैशाख ११ को जनआन्दोलन सफल भई संसद् पुनःस्थापना भएपछि उनी पुनः प्रधानमन्त्री बनेका थिए। उनकै नेतृत्वमा माओवादीसँग शान...
शिक्षा र स्वास्थ्यमा राजनीतिक हस्तक्षेप हटाउनुपर्छ : महावीर पुन

शिक्षा र स्वास्थ्यमा राजनीतिक हस्तक्षेप हटाउनुपर्छ : महावीर पुन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । सांसद महावीर पुनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विश्वविद्यालय, विद्यालय र स्वास्थ्य संस्थामा हुने भागबण्डाले गुणस्तर घटाएको उल्लेख गरेका छन्। उनले शैक्षिक सुधारका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा व्यापक संशोधन आवश्यक रहेको बताए। साथै प्राविधिक तथा व्यावसायिक शिक्षालाई बलियो बनाउन तालिम केन्द्रहरूको पुनर्संरचना गरी सीपमूलक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ। पुनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गरेर मात्र गुणस्तरीय सेवा र सक्षम जनशक्ति उत्पादन सम्भव हुने बताएका छन्।...
आज पनि हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना

आज पनि हावाहुरी र चट्याङसहित भारी वर्षाको सम्भावना

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । देशभर आज पनि हावाहुरी, चट्याङ र मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण अधिकांश भू-भागमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुन सक्छ। केही हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। आज दिउँसो देशभर मौसम बदली रहनेछ भने राति पनि पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम खराब रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।...
इद उल फित्र आज, देशभर मुस्लिम समुदायको उल्लासपूर्ण उत्सव

इद उल फित्र आज, देशभर मुस्लिम समुदायको उल्लासपूर्ण उत्सव

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशभर हर्षोल्लासका साथ इद उल फित्र पर्व मनाइरहेका छन्। एक महिनासम्म रोजा (उपवास) बसेपछि विशेष नमाज अदा गर्दै आफन्त तथा ठूलाबडासँग आशीर्वाद लिने परम्परासहित पर्व मनाउने गरिन्छ। काठमाडौंको घण्टाघरस्थित नेपाली जामे मस्जिदसहित देशभरका मस्जिद र इदगाहमा बिहान विशेष नमाज पढिएको छ। नमाजपछि आफन्त भेटघाट, शुभकामना आदानप्रदान र मिठा परिकार बाँडेर खुशी साटासाट गर्ने चलन छ। यस अवसरमा मुस्लिम समुदायले दीनदुःखीलाई दान दिने परम्परा अनुसार जकात र फित्र दिने गर्दछन्। इस्लाम धर्मग्रन्थ कुरानमा आम्दानीको निश्चित अंश दान गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारले पनि इद उल फित्रका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।...
गुल्मीमा चट्याङ लाग्दा तीन जना घाइते, एकको अवस्था गम्भीर

गुल्मीमा चट्याङ लाग्दा तीन जना घाइते, एकको अवस्था गम्भीर

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
गुल्मी, चैत ७ । गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ लाग्दा तीन जना घाइते भएका छन्। शुक्रबार दिउँसो परेको चट्याङबाट ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि तम्घास अस्पताल पठाइएको छ। चट्याङकै कारण तीन वटा बाख्रा समेत मरेको प्रहरीले जनाएको छ।...