काठमाडौं । सांसद महावीर पुनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विश्वविद्यालय, विद्यालय र स्वास्थ्य संस्थामा हुने भागबण्डाले गुणस्तर घटाएको उल्लेख गरेका छन्।
उनले शैक्षिक सुधारका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा व्यापक संशोधन आवश्यक रहेको बताए। साथै प्राविधिक तथा व्यावसायिक शिक्षालाई बलियो बनाउन तालिम केन्द्रहरूको पुनर्संरचना गरी सीपमूलक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ।
पुनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गरेर मात्र गुणस्तरीय सेवा र सक्षम जनशक्ति उत्पादन सम्भव हुने बताएका छन्।