Day: September 15, 2026

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने विषयसँग सम्बन्धित सम्मिलन अनुमोदनका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको छ। यसैबीच संघीय संसद्अन्तर्गतका विभिन्न संसदीय समितिहरूको बैठकसमेत आज बस्ने भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।...