रूकुम पश्चिम जिप दुर्घटना : दुई जनाको ज्यान गयो, घाइतेको हेलिकप्टरबाट उद्धार

रुकुम पश्चिम — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलानजिक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

आइतबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका–१ रुघाका जिप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की करिब १६ वर्षीया प्रेमकला पुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको अवस्था हेरेर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो। दुर्घटनापछि स्थानीय, प्रहरीलगायतको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो।

प्रहरीका अनुसार जिप दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। घटनाको थप विवरण संकलन गर्ने कामसमेत जारी रहेको जनाइएको छ।

छुटाउनुभयो कि ?

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि ...
प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिन...
उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

काठमाडौं । उत्तर कोरियाले रुसमा थप ठूलो संख्यामा सैनिक पठाएको युक्रेनी सैन्य गुप्तचरले दाबी गरेको छ। नयाँ चरणको सैन्य तैनाथीम...
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने तयारी अघि बढाएको छ। ऊर्जा मन्त्र...