प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने विषयसँग सम्बन्धित सम्मिलन अनुमोदनका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको छ।

यसैबीच संघीय संसद्अन्तर्गतका विभिन्न संसदीय समितिहरूको बैठकसमेत आज बस्ने भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

छुटाउनुभयो कि ?

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि ...
प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिन...
उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

काठमाडौं । उत्तर कोरियाले रुसमा थप ठूलो संख्यामा सैनिक पठाएको युक्रेनी सैन्य गुप्तचरले दाबी गरेको छ। नयाँ चरणको सैन्य तैनाथीम...
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने तयारी अघि बढाएको छ। ऊर्जा मन्त्र...