काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले गरेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनीविरुद्ध जाहेरी परेको थियो। उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनअघि नै अनुमति लिइएको प्रहरीले जनाएको छ।