Day: September 14, 2026

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

Breaking News 1, पत्रपत्रिका, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले गरेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनीविरुद्ध जाहेरी परेको थियो। उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनअघि नै अनुमति लिइएको प्रहरीले जनाएको छ।...
उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, विज्ञान प्रविधि, समाचार
काठमाडौं । उत्तर कोरियाले रुसमा थप ठूलो संख्यामा सैनिक पठाएको युक्रेनी सैन्य गुप्तचरले दाबी गरेको छ। नयाँ चरणको सैन्य तैनाथीमा करिब ८ हजार ५ सय उत्तर कोरियाली सैनिक रहेको र तीमध्ये करिब ४ सय जना ड्रोन अपरेटर रहेको बताइएको छ। युक्रेनी पक्षका अनुसार यी ड्रोन अपरेटर युक्रेनभित्रका लक्ष्यमा आक्रमण गर्न सक्ने क्षमताका छन्। उत्तर कोरियाली सैनिक तैनाथीमा आक्रामक ड्रोन क्षमता समावेश भएको यो पहिलो पुष्टि भएको घटना भएको दाबी गरिएको छ। नयाँ सैनिक टोली मुख्यतः रुसको कुर्स्क क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ। उनीहरूसँगै ड्रोन अपरेटर, इन्जिनियर तथा बारुद र विस्फोटक पदार्थ हटाउने विशेषज्ञसमेत रहेको युक्रेनी गुप्तचरको भनाइ छ। युक्रेनी रक्षा गुप्तचरका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटमा थप ५० हजारसम्म...
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने तयारी अघि बढाएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले विज्ञहरूसँगको परामर्श र अध्ययनका आधारमा जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक विधिबाट निकास गरी सम्भावित विपद्को जोखिम कम गर्ने योजना बनाइएको बताएका छन्। आवश्यक परे ब्लास्टिङलगायतका प्रविधिबारे पनि छलफल भइरहेको उनको भनाइ छ। कुन हिमतालमा तत्काल काम गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। जोखिमको अवस्था अध्ययन गरी प्राथमिकताका आधारमा निर्णय गरिने मन्त्रालयले जनाएको छ। नेपालमा २१ वटा हिमताल जोखिमयुक्त रहेको अध्ययनले देखाएको छ। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चार वटा हिमताल अति उच्च जोखिममा रहेका छन्।...