Day: September 13, 2026

नेकपा (बहुमत) ५ नम्बर ब्यूरो राष्ट्रिय सम्मेलनमा सहभागी हुने

नेकपा (बहुमत) ५ नम्बर ब्यूरो राष्ट्रिय सम्मेलनमा सहभागी हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ - नेकपा (बहुमत) को ५ नम्बर ब्यूरोले आगामी असोज ५ गते हुने पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी हुने निर्णय गरेको छ। ब्यूरो इन्चार्ज तिलक पुनका अनुसार विकसित राजनीतिक परिस्थिति तथा पार्टीले वर्तमान समयमा पूरा गर्नुपर्ने कार्यभारलाई ध्यानमा राख्दै राष्ट्रिय सम्मेलनमा सहभागी हुने निर्णय गरिएको हो। उनले पार्टीको ९औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले असोज ५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उक्त सम्मेलन सम्पन्न गर्नु पार्टीको कर्तव्य भएको बताएका छन्। यसैबीच, ५ नम्बर ब्यूरोको आज बसेको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने विषयमा एकमतले निर्णय गरेको पुनले बताएका छन्। उनले क्रान्ति र आन्दोलनको इतिहासलाई जनसमुदायले विभिन्न कोणबाट मूल्याङ्कन गर्ने उल्लेख गर्दै कठिन परिस्थितिबीच पनि भविष्यका लागि आवश्यक निर्णय लिनुपर्ने बताएका छन्। पुनले आफूले लिएका केही नि...
रूकुम पश्चिम  जिप दुर्घटना : दुई जनाको ज्यान गयो, घाइतेको हेलिकप्टरबाट उद्धार

रूकुम पश्चिम जिप दुर्घटना : दुई जनाको ज्यान गयो, घाइतेको हेलिकप्टरबाट उद्धार

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
रुकुम पश्चिम — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलानजिक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आइतबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका–१ रुघाका जिप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की करिब १६ वर्षीया प्रेमकला पुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूको अवस्था हेरेर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो। दुर्घटनापछि स्थानीय, प्रहरीलगायतको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो। प्रहरीका अनुसार जिप दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। घटनाको थप विवरण संकलन गर्ने कामसमेत जारी रहेको जनाइएको छ।...
बाढीले ल्याएको गरगहना घरमा राखेको आरोपमा धादिङका एक पक्राउ

बाढीले ल्याएको गरगहना घरमा राखेको आरोपमा धादिङका एक पक्राउ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
धादिङ — भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको गरगहना फेला परेपछि त्यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी नगराएको आरोपमा धादिङका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गजुरी गाउँपालिका–६ बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई बाढीले बगाएर ल्याएका गरगहनासहित नियन्त्रणमा लिइएको हो। गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो। सोही क्रममा बगेर आएको गरगहना तामाङले भदौ ११ गते फेला पारेको प्रहरीको भनाइ छ। बाढीपछि फेला परेको उक्त सामानबारे तामाङले जानकारी नगराई घरमै राखेको भन्ने सूचना पाएपछि बोगटीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आदमघाटस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको सा...