पार्टीको जीवन र रूपान्तरणको प्रश्न
विषय प्रवेश:
राजनीतिक पार्टी केवल निर्वाचन लड्ने, सत्ता प्राप्त गर्ने वा संगठन विस्तार गर्ने संस्था मात्र होइन। एउटा राजनीतिक पार्टी निश्चित विचार, नीति, कार्यदिशा, कार्यनीति र कार्यक्रमसहितको उद्देश्य र सामाजिक रूपान्तरणको दृष्टिकोण बोकेको संगठित राजनीतिक शक्ति हो। त्यसैले पार्टीको चरित्र केवल दस्तावेज र घोषणापत्रले मात्र निर्धारण गर्दैन; पार्टीका नेता-कार्यकर्ताको दैनिक व्यवहार, जनतासँगको सम्बन्ध, संगठन सञ्चालनको शैली र निर्णय प्रक्रियाले पनि त्यसको वास्तविक चरित्र निर्धारण गर्छ।
यही सन्दर्भमा, नोकरशाही प्रवृत्ति पार्टी जीवनभित्र देखापर्ने गम्भीर राजनीतिक समस्या हो। नोकरशाही प्रवृत्ति भन्नाले पद, अधिकार, कार्यालय, प्रक्रिया र संगठनात्मक संरचनालाई जनताको सेवा र राजनीतिक उद्देश्य पूरा गर्ने साधनका रूपमा होइन, व्यक्तिगत प्रभाव, सुविधा, नियन्त्रण र प्रतिष्ठाको स्रोतका रूपमा प्रयोग ग...